८० सिट क्षमताको श्री एयरलाइन्सको नयाँ जहाज नेपालमा आयो | Samacharpati        
Home | About Us | Contact | Unicode |

८० सिट क्षमताको श्री एयरलाइन्सको नयाँ जहाज नेपालमा आयो

निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले क्यानेडियन जहाज निर्माता कम्पनी बम्मार्डियरको ८० सिट क्षमताको टर्बोजेट क्वू ४०० सिरिजको जहाज ल्याएको छ । यो जहाज ओमन हुँदै भारतको अहमदाबादबाट आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो ।

नेपाल भ्रमण वर्ष २०२० अभियानको सन्दर्भमा आन्तरिक उडानलाई थप विस्तार गर्ने लक्ष्यसहित नयाँ जहाज थपिएको कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिनुभयो । यो सँगै श्रीसँग पाँच जहाज भएका छन् । यसअघि आन्तरिक उडानमा ५० सीट क्षमताका सीआरजे २०० जहाज दुई थान, ७० सीट क्षमताका सीआरजे ७०० जहाज दुई थान थिए । यो जहाजले पोखरा, सिमरा र जनकपुर उडान गर्ने एयरलाइन्सको योजना छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित