भारतीय विदेश मन्त्री जयशंकर र प्रधानमन्त्री ओलीसंग भेटवार्ता | Samacharpati        
Home | About Us | Contact | Unicode |

भारतीय विदेश मन्त्री जयशंकर र प्रधानमन्त्री ओलीसंग भेटवार्ता

भारतीय विदेश मन्त्री सुब्रमण्यम जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटवार्ता गर्नु भएको छ । जयशंकरले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसंग शिष्टाचार भेटवार्ता गर्नु भएको हो । प्रधानमन्त्री ओली र जयशंकरबीच दुईदेशको आपसी हितका विषयमा छलफल भएको स्रोतले जनाएको छ । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै विदेशमन्त्री जयशंकर काठमाण्डौ पुग्नुभएको हो ।

भेटवार्तामा नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरी, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागीलगायतको उपस्थिति रहेको थियो । भारतीय विदेश मन्त्री यसजयशंकरले शुक्रबार बिहान साढे १० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । विदेश मन्त्री भएपछिको जयशंकरको पहिलो नेपाल भ्रमण हो । विदशे मन्त्री जयशंकर शुक्रबार दिउसो साढे ३ बजे दिल्ली फर्कने कार्यक्रम रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित