नेपाल भ्रमण २०२० लाई लक्षित गरेर क्यालिफोर्नियामा ‘हामी नेपाली परेड’को आयोजना | Samacharpati        
Home | About Us | Contact | Unicode |

नेपाल भ्रमण २०२० लाई लक्षित गरेर क्यालिफोर्नियामा ‘हामी नेपाली परेड’को आयोजना

काठमाडौँ, ४ भदौ । क्यालिफोर्नियामा हामी नेपाली परेडको आयोजना हुने भएको छ । नेपाल भ्रमण २०२० लाई लक्षित गरेर नाभेम्बर २३ तारिखमा क्यालिफोर्नियाको सान्फ्रान्सिकोमा आयोजना हुने कार्यक्रममा पञ्चे बाजा, लाखे नाच, झाँक्री नाच, लगायतका विभिन्न जातजातीहरुका मौलिक कला संकृति झल्किने किसिमका प्रर्दशनहूने हामी नेपाली परेडका सचिव रोशन अधिकारीले ओएसनेपाललाई जानकारी दिए । उक्त कार्यक्रमको तयारी र रणनीति बनाउनका लागी मंगलबार हामी नेपाली ग्लोबलका उपाध्यक्ष टेक वाइवा लामाको अध्यक्षतामा बसेको बैठकमा विभिन्न संघ संस्थाका पदाधकारी, समाजसेवी संचारकर्मी, बुद्धिजिवी लगायतको सहभागीता रहेको थियो ।

सो अवसरमा भएको छलफलबाट हामी नेपाली परेडलाई सभ्य र भब्य बनाउनका लागी नेपाली कम्युनिटी सेन्टरका अध्यक्ष यज्ञलाल श्रेष्ठलाई हामी नेपाली परेडको अध्यक्षका रुपमा चयन गरिएको छ । त्यस्तै क्यालिफोर्नियाका विभिन्न संघ संस्थामा आवद्ध समाजसेवी प्रकाश लामालाई कार्यक्रमका संयोजकका रुपमा चयन गरिएको छ । साथै सदस्यसचिवमा संचारकर्मी अमृत कुँवरलाई चयन गरिएको छ । कायक्रमको मिडिया संयोजकका रुपमा ओएस नेपालका अध्यक्ष केश बहादुर कार्की रहनेछन् । एनआरएनए च्याप्टर अध्यक्ष सुरेन्द्र मल्ललाई अतिथी सत्कार र नेपाली भाषामा ड्राइभर लाईसेन्सको पहलको लागी संयोजक चयन गरिएको छ ।

साथै सांस्कृति संयोजकका रुपमा विकल्प फाउण्डेसनका संस्थापक अध्यक्ष निर्मल फुयाँल रहनेछन् । यो कार्यक्रमलाई सफल बनाउनका लागी विभिन्न कमिटिहरु चाँडै नै चयन गरिने कार्यक्रम संयोजक लामाले जानकारी दिए । क्यालिफोर्नियामा भएका सम्पूर्ण संघ संस्थाहरुलाई यस कार्यक्रममा सहआयोजकका रुपमा आवद्ध गर्दै समाजसवीहरुलाई समेटेर यो कार्यक्रम विशुद्ध रुपमा नेपााल भ्रमण २०२० लाई लक्षित गरेर आयोजना गरिने अध्यक्ष यज्ञलाल श्रेष्ठले बताए । कार्यक्रम सम्पन्न भए लगत्तै हामी नेपाली ग्लोबलको प्रथम अन्तराष्ट्रिय सम्मेलन गरिने उपाध्यक्ष टेक वाइवा लामाले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित