केपी शर्मा ओली,पुष्पकमल दाहाल, शेरबहादुर देउवालाई गाली गरेको आरोपमा एक जना पक्राउ – Samacharpati Samacharpati केपी शर्मा ओली,पुष्पकमल दाहाल, शेरबहादुर देउवालाई गाली गरेको आरोपमा एक जना पक्राउ – Samacharpati
Samacharpati
बिहिबार, बैशाख २३, २०७८
  • होमपेज
  • केपी शर्मा ओली,पुष्पकमल दाहाल, शेरबहादुर देउवालाई गाली गरेको आरोपमा एक जना पक्राउ

केपी शर्मा ओली,पुष्पकमल दाहाल, शेरबहादुर देउवालाई गाली गरेको आरोपमा एक जना पक्राउ

केपी शर्मा ओली,पुष्पकमल दाहाल, शेरबहादुर देउवालाई गाली गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं, ३ भदौ सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई गाली गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा सिमराका २८ वर्षीय सागर मैनाली छन् । उनी केही समयअघि मात्र वैदेशिक रोजगारीबाट नेपाल फर्किएका थिए ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीलाई बाराबाट पक्राउ गरेर काठमाडौं ल्याइएको महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले  बताएका छन् । उनका अनुसार, पक्राउ परेका व्यक्तिविरुद्ध विद्युतीय कारोबार ऐनअनुसार कारबाही हुनेछ ।

प्रहरीका अनुसार, मैनालीले फेसबुकमा भिडियो अपलोड गरेर मुलुकका विशिष्ट व्यक्तिलाई ‘काट्ने, मार्ने’ धम्की दिएका थिए । पक्राउ परेपछि प्रहरी अधिकृतसँग उनले आफूलाई त्यसको नतिजाबारे थाहा नभएकाले गल्ती गरेको बताएका छन् । यसअघि पनि काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तम सुवेदीलाई गाली, गलौज गरेको आरोपमा पक्राउ परेका व्यक्ति माफी मागेर छुटेका थिए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका