नवलपरासीमा सवारी दुर्घटना एक जनाको मृत्यु, तनहुँमा सवारी दुर्घटना दुई जना घाइते | Samacharpati        
Home | About Us | Contact | Unicode |

नवलपरासीमा सवारी दुर्घटना एक जनाको मृत्यु, तनहुँमा सवारी दुर्घटना दुई जना घाइते

नवलपरासी, ३ भदौ । मध्यबिन्दु नगरपालिका-७ स्थित काठमाण्डौबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ५ ख ४८६ नंम्वरको बसले सोही दिशा तर्फ जाँदै गरेको ना ४५ प २१०७ मोटरसाईकल र साईकल यात्रीलाई ठक्कर दिंदा साईकलयात्री भारत मोतिहारी बलुवा घर भई हाल मध्यबिन्दु नगरपालिका-७ चोरमारा बजारमा प्लास्टिकको पसल गरी  बस्दै आएका  वर्ष अंन्दाजी ३६ को मोहम्मद साहविर घाइते भएका थिए उनलाई उपचारको लागि  मध्यबिन्दु अस्पताल डण्डामा लगीएको थियो उनको उपचारको क्रममा मृत्य भएको छ । साथै मोटरसाईकल चालक मध्यबिन्दु नगरपालिका-७ बस्ने वर्ष ४८ को घाईते भानुभक्त  पंगेनी को उपचार भईरहेको छ । उक्त स्थानमा तत्कालै प्रहरी टोलि खटिई थप अनुसन्धान भईरहेको छ ।

बन्दीपुर गाँउपालिका-४ नयाँपुल स्थित आँबु खैरेनीबाट डुम्रे तर्फ आँउदै गरेको बा ९५ प ७८३१ नम्वरको मोटरसाईकल र विपरीत दिशाबाट जाँदै गरेको बा ५० प २९२३ नम्वरको स्कुटर ठक्कर खाँदा स्कुटर चालक बन्दीपुर गाँउपालिका-२ बस्ने वर्ष २६ को रामशरण रोक्का,मोटरसाईकल चालक गोरखा सुलीकोट गाँउपालिका ६ बस्ने वर्ष २५ को रित बहादुर गुरुङ र मोटरसाईकलमा पछाडी सवार सोहि स्थान बस्ने वर्ष १८ को सुरज गुरुङ घाइते भएका छन्  घाइते गुरुङलाई उपचारको लागि लक्ष्मी अस्पताल डुम्रे पठाईएको छ । घटना स्थलमा तत्कालै प्रहरी टोलि खटिई थप अनुसन्धान भईरहेको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित