रविलाई जिल्ला अदालत चितवनमा पेश,रविको सुरक्षाको लागि झिकाइयो हजार प्रहरी | Samacharpati        
Home | About Us | Contact | Unicode |

रविलाई जिल्ला अदालत चितवनमा पेश,रविको सुरक्षाको लागि झिकाइयो हजार प्रहरी

चितवन, ३ भदौ । आज रवि लामिछाने सहित युवराज कँडेल र अस्मिता कार्कीलाई आज जिल्ला अदालत चितवनमा पेश गरिँदैछ । जिल्ला अदालत चितवनले उनीहरुलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न दिएको म्याद सकिएको छ । यसैबिच सुरक्षा व्यवस्थालाई मध्य नजर गर्दै हेटौंडाबाट हजार प्रहरी झिकाइएको छ । आज उनीहरुलाई अदालत पेश गर्ने क्रममा हुन सक्ने अप्रिय घटनालाई रोक्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

तीन जना अभियुक्त मध्ये युवराज कँडेल र अस्मिता कार्कीको बयान पूरा भएको भए पनि रविको बयान आंशिक रुपमा मात्रै सकिएको बताइएको छ । बयान नसकिएकै कारण पनि उनीहरुलाई थप अनुन्धानको लागि म्याद थप गरिने सम्भावना देखिएको छ ।

रविलाई अन्य ८–१० जना बन्दीसँगै राखिएको र उनीहरका कुरा सुनेर उनले समय बिताइरहेको बताइएको छ । त्यस्तै उनलाई भेट्न जानले ई पुस्तक लगिदिएको बताइएको छ । आज परिवारका सदय बाहेक अन्यलाई भेट्न दिइएको छैन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित