टेलिभिजन पत्रकार पुडासैनीको पोष्टमार्ट रिर्पोट आयो, रबि लामिछानेको बयान जारी – Samacharpati Samacharpati टेलिभिजन पत्रकार पुडासैनीको पोष्टमार्ट रिर्पोट आयो, रबि लामिछानेको बयान जारी – Samacharpati
Samacharpati
शनिबार, फाल्गुन २२, २०७७
  • होमपेज
  • टेलिभिजन पत्रकार पुडासैनीको पोष्टमार्ट रिर्पोट आयो, रबि लामिछानेको बयान जारी

टेलिभिजन पत्रकार पुडासैनीको पोष्टमार्ट रिर्पोट आयो, रबि लामिछानेको बयान जारी

टेलिभिजन पत्रकार पुडासैनीको पोष्टमार्ट रिर्पोट आयो, रबि लामिछानेको बयान जारी

चितवन, ३ भदौ । पत्रकार शालिकराम पुडासैनीको मृत्यु झुन्डिएकै कारण भएको पोस्टमार्टम रिपोर्टमा देखीको छ ।

पुडासैनीको गर्धनको हड्डी भाचिएकोे र घाँटी डोरीले कस्सिएको पोस्टमार्टम रिपोर्टमा उल्लेख गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरीले दिएको जानकारी दिए । पोस्टमार्टम रिपोर्टमा पुडासैनीले आत्महत्या गरेको उल्लेख गरेको प्रहरीले जनाएको छ ।

पत्रकार पुडासैनी आत्महत्या घटनाका आरोपीसँग बयान लिने क्रम जारी रहेको प्रहरीले जानकारी दिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की सगँ बयान लिइरहेको छ ।

आइतबार कार्की बयान सकेको थियो भने सोमबार सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलसँग बयान लिएको छ । लामिछाने सँगको बयान नसकिएको सरकारी वकिलको कार्यालयले जनाएको छ । रविको बयान मंगलबार पनि हुनेछ ।

फरेन्सिक ल्याब परीक्षणमा भिडियोमा रहेको आवाज पुडासैनीकै भएको पुष्टि भएको प्रहरीको भनाई छ । लामिछानेका समर्थकहरूले दिनहुँ भरतपुरमा प्रदर्शन गर्दै आएका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका