पोखरामा डेंगुको संक्रमण बढ्दो, नियन्त्रणको प्रयास जारी | Samacharpati        
Home | About Us | Contact | Unicode |

पोखरामा डेंगुको संक्रमण बढ्दो, नियन्त्रणको प्रयास जारी

पोखरा, ३ भदौ । पोखरा महानगरपालिका वडा नं ८ डेंगु संक्रमण क्षेत्र हो । अघिल्लो वर्ष यही वडामा पर्ने शिवालय चोकबाट देखा परेको डेंगु यसवर्ष पनि सोही क्षेत्रमा डर लाग्दो रुपमा देखिएको हो ।

कास्कीमा भदौं १ गतेसम्म १ सय १ जना डेंगुका विरामी देखिएका छन् । स्वास्थ्य कार्यलय कास्कीका अनुसार भदौ १ गते मात्रै १६ जना डेंगुका विरामी पोखराका विभिन्न अस्पताल भर्ना भएका छन् । वडा नं ८ भित्र कवाडी संकलन केन्द्रमा रहेका टायरसंगै स्थानियका घरमा रहेका पुराना भाडाहरुमा जम्मा भएको पानी नै डेंगु संक्रमणको प्रमुख कारकको रुपमा देखिएको स्वास्थ्य कार्यलयका याम बराल बताउनु भएको छ ।

सोमबार शान्तिका लागी नागरिक समाजको सञ्जाल , इन्सेक र आमा मिलन केन्द्रको आयोजना तथा स्वास्थ्य कार्यलय कास्कीको सहकार्यमा भएको डेंगु सचेतना कार्यक्रममा बोल्दै बरालले स्थानियले रोगको बारेमा थाहा पाएपनि त्यसबाट बच्न कुनै पनि सर्तकता नअपनाएको बताए ।

तर स्थानियहरु भने महानगरपालिकाले नै वेबास्ता गरेकै कारण डेंगु सक्रमण बढेको बताउँछन् । आमा मिलन केन्द्रकी अध्यक्ष समेत रहेकी स्थानिय इन्दिरा पौडेलले पटकपटक प्रयास गर्दा पनि महानगरले चासो नदिएको बताउनु भयो । इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेलले डेंगु संक्रमणलाई भयावह रुपमा फैलन नदिनका लागी आफुहरुले विभिन्न संस्थाहरुसंगको सहकार्यमा सचेतना मूलक कार्यक्रम संचालन गर्दै आइरहेको पनि बताउनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित