न्यूयोर्कमा पहिलो पटक गाईजात्रा तथा हास्यव्यंग महोत्सव भव्यताका साथ सम्पन्न | Samacharpati        
Home | About Us | Contact | Unicode |

न्यूयोर्कमा पहिलो पटक गाईजात्रा तथा हास्यव्यंग महोत्सव भव्यताका साथ सम्पन्न

विजय थापा,न्यूयोर्क । गत अगस्त १७ शनिबारका दिन बिश्व कै सम्राट राज्य न्युयोर्कमा पहिलो पटक आयोजना गरिएको गाईजात्रा तथा हास्यव्यंग महोत्सव ऐतिहासिक रुपमा सम्पन्न भएको छ । अमेरिकाको न्यूयोर्क तथा छिमेकी राज्यमा रहेका कलाकारहरुद्वारा प्रस्तुत गरिएको उक्त महोत्सव नेपाली समुदायको खचाखच भिड रहेको थियो ।

पहिलो पटक र फरक शैलीको कार्यक्रम भएको कारण दर्शकहरुको उत्सुकता बढेको कारण कार्यक्रम हुनु भन्दा २ साता अघि नै टिकट बिक्री सकिएको थियो ।तोकिएको समयमा शुरु हुने र तोकिएकै समयमा समापन गरिने अभियानको रुपमा आयोजना गरिएको गाईजात्रा महोत्सवको उक्त अभियान सफल रहेको, र कार्यक्रममा मनोरंजनको साथसाथै सचेतनामुलक प्रस्तुतिहरु रहेको दर्शकहरुले प्रतिक्रिया दिएका छन् ।

कार्यक्रममा प्यारोडी गीतमा कलाकारहरु बिमल डांगी; न्हुच्छे डंगोल; अभय ढुंगेल; संगीता मुखिया छोचूँ; राम श्रेष्ठ; पूजा न्यौपाने; अर्जुन दाहाल; केशव दाहालको प्रस्तुति रहेको अद्वितीय रहेको थियो ।

यसै गरि अमेरिकी प्रवासमा साना छोराछोरीलाई शिशुपालिका (बेबि सिटर)को भरमा छोडेर नेता बन्न हिड्ने आमाबाबुलाई ब्यंग्य गर्दै बालकलाकारहरु श्रीनीति रिजाल; सलज रिजाल; र अष्टिन आचार्यले रोचक शैलीमा र्याप नृत्य प्रस्तुत गर्दा दर्शकहरुले निकै स्वाद मानेका थिए ।

यस्तै गरि अर्को प्रस्तुतिमा संचारकर्मी सच्ची मैनाली र नुन चिनी पानी अमेरिकाका अर्जुन दाहालको पत्रकार र पत्रुकार बिचको फरक कुराकानीलाई दर्शकहरुले खुब रुचाएका थिए ।

यसै गरि बसन्त डान्स सेन्टर न्यूयोर्कका संचालक एवं नृत्य निर्देशक विजय नकर्मीले ससाना नानीहरुलाई समेटेर तयार गरेको “घिन्ताघिसी ट्याड०” नेवारी नृत्य निकै आकर्षक रहेको थियो । उक्त नृत्य भक्तपुरमा गाईजात्राको दिन सडकमा गाईजात्रा संगै प्रस्तुत गरिने प्रसिद्ध नृत्य हो ।

कार्यक्रमको अन्ततिर प्रस्तुत नदिया लिबाड० र संगीता उप्रेतीको प्रहसन “राज-नीति” ले दर्शकहरुलाई हसाउदा हसाउदै रुवाएको थियो भने उनिहरुको भावपूर्ण अभिनय एवं सम्बादले दर्शकहरुको शरिरमा काँडा उमारिदिएको थियो । दर्शकहरुले उक्त प्रहसनलाई खुब मन पराएकोले सामाजिक संजालमा यसै प्रहसन र अभिनयको चर्चा भै रहेको छ ।

टुटुल्को डटकमको परिकल्पना र आयोजनामा अमेरिकामा पहिलो पटक आयोजना भएको गाईजात्रा हास्यब्यंग्य महोत्सव अमेरिका २०१९ लाई समुदायको साथ सदभाव र समर्थन रहेको पाईयो ।

न्यूयोर्कको नर्दर्न ब्लुभार्ड स्थित क्विन्स पब्लिक लाईब्रेरीमा आयोजना गरिएको कार्यक्रम टुटुल्को डटकमका प्रधान सम्पादक ज्योतिकुमार श्रेष्ठ; सम्प्रेषणका निर्माता प्रस्तोता संचारकर्मी शैलेश श्रेष्ठ; र ईनेप्लिज डटकमका आवासिय सम्पादक सच्ची मैनालीले उद्घोषण एवं संचालन गरेका थिए ।

समाजका बिकृति विसंगतिहरुलाई व्यंगात्मक रुपमा प्रस्तुत गर्ने उद्धेश्यले बिक्रम सम्बत २०४० सालमा नेपालको धरानमा स्थापित टुटुल्को मासिक बिगत चार बर्ष देखि अङ्किय पत्रिका (अनलाइन)न्यू बाट संचालनमा रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित