आयो सालिकरामको ‘पोस्टमार्टम रिपोर्ट’, मृत्युअघि रेकर्ड गरिएको भिडियोको फरेन्सिक ल्याब परीक्षण | Samacharpati        
Home | About Us | Contact | Unicode |

आयो सालिकरामको ‘पोस्टमार्टम रिपोर्ट’, मृत्युअघि रेकर्ड गरिएको भिडियोको फरेन्सिक ल्याब परीक्षण

काठमाडौँ, २ भदौ । माउन्टेल टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरण बल्झिँदै गएका बेला पुडासैनीको पोस्टमार्टम रिपोर्ट आएको छ । गएको साउन २० गते चितवनको नारायणगढ स्थित होटल कंगारुमा झुण्डिएको अवस्थामा फेला परेका पुडासैनीको मृत्यु प्रकरणपछि उनको भिडियामा चर्चित पत्रकार रवि लामिछानेको नाम मुछिएपछि यो घटनाले ठूलो रुप लिएको छ । पुडासैनीको उक्त भिडियो कसरी बाहिरियो र प्रहरीसँग सुरक्षीत रहेको भनिएको उक्त भिडियो एकाएक मिडियाबाट बाहिरिएपछि उक्त भिडियोकै आधारमा सर्वसाधारणहरु विभिन्न पक्षमा विभाजित भएर आन्दोलन गरिरहँदा पुडासैनीको पोस्टमार्टम रिपोर्ट चितवन प्रहरीमा पुगेको छ । यद्यपी अनुसन्धानलाई प्रभावित पार्ने भन्दै प्रहरीले रिपोर्टमा के छ भन्ने खुलाएको छैन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लले महाराजगन्जस्थित शिक्षण अस्पतालमा पोस्टमार्टम रिर्पोट १० दिन लगाएर तयार गरेको र उक्त रिर्पोट अनुसन्धानका लागी बलियो आधार भएको जानकारी दिएका छन् ।

एसपी मल्लले पोस्टमार्टम रिपोर्टसँगै मृत्युअघि रेकर्ड गरिएको भिडियोको फरेन्सिक ल्याब परीक्षण पनि भइसकेको जनाएका छन् । गएको साउन २० गते राति नारायणगढस्थित पोखरा बसपार्कको होटेल कंगारुमा झुन्डिएको अवस्थामा नुवाकोट बेलकोटगढी नगरपालिका–३ घर भएका २७ वर्षीय शालिकराम पुडासैनीको शव फेला परेपछि मुचुल्का तयार गरिरहँदा खिचिएको भिडियो पनि सार्वजनिक भएको र उक्त भिडियोमा पुडासैनीको शरीरमा निल डाम भएको रडले पिटिएको लगायतका कुराकानी भएको छ । जुन कुरा पनि अनुसन्धानका लागी एउटा राम्रो पक्ष हुन सक्ने भएता पनि प्रहरीले अहिलेसम्म यस विषयमा केही बोलेको छैन । यसैबिच घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली चितवन पुगेको छ । घटनाको सुक्ष्म अनुसन्धानका लागी सिआइबीका प्रवक्ता तथा एसपी एसपी दीपक रेग्मी सहितको ५ जनाको टोली अनुसन्धानका लागि आइतबार नै पुगेर अनुसन्धान सुरु गरिसकेको छ ।

सिआइबीले पुडासैनीको मृत्युसँग जोडिएका विविध पक्षहरूको सूक्ष्म ढंगले अनुसन्धान सुरु गरिसकेको र यस घटनामा चितवन प्रहरीले आफ्नै तरिकाले पनि अनुसन्धान अघि बढाइरहेको प्रहरीले जनाएको छ । यसैबिच पत्रकार पुडासैनीकी पत्नि सम्झनाले पत्रकार लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्की विरुद्ध किटानी जाहेरी दिएको चितवन प्रहरीले पुष्टी गरेको छ । जाहेरीमा रवि, युवराज र कार्कीलाई विपक्षी बनाइएको एसपी मल्लले बताएका छन् । रवि , युवराज र अस्मिता विरुद्ध ३१ साउनमा चितवन अदालतबाट पाँच दिनको म्याद थप गराई जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको एसपी मल्लले बताए । उनीहरूमाथि आत्महत्या दुरुत्साहनको मुद्दा लागेको छ । उनीहरुलाई अन्तराष्ट्रिय मान्यता विपरित कार्यालयबाट नै पक्राउ गरिएको र तयार गर्न लागीएको कार्यक्रम प्रसारण हुन नसकेको भन्दै दशेभरका विभिन्न स्थानमा रविका सर्मथकहरुले आन्दोलनलाई तिब्र पारेका छन् ।

रविका सर्मथकहरुले आन्दोलन चर्काएसँगै जिल्ला प्रहरी कार्यालय चितवनले सुरक्षा ब्यबस्था थप कडा पारेको छ । चितवनको भरतपुरको चौविसकोठीदेखि मालपोत चोकसम्मको क्षेत्रमा प्रदर्शन गर्न निषेध गर्दै कसैले यो क्षेत्रमा प्रदर्शन र हुलहुज्जत गरेमा नियन्त्रणमा लिएर कारवाही गरिने चितवन प्रहरीले जनाएको छ । प्रदर्शनका नाममा अराजक गतिविधि गरे नियन्त्रणमा लिएर कारवाही गरिने चेतावनी प्रशासनले दिएपछि अनुसन्धानका लागी हिरासतमा लिइएका पत्रकार रवि लामिछानेका सर्मथकहरुले के गर्लान् भन्ने प्रश्न चिन्ह उठेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित