पर्वतमा करेन्ट लागेर २ जनाको मृत्यु | Samacharpati        
Home | About Us | Contact | Unicode |

पर्वतमा करेन्ट लागेर २ जनाको मृत्यु

पर्वत , ३१ साउन । मिति २०७६ र ०४ र ३१ गते महाशिला गाउँपालिका-४ धुवाँकोटमा लंखु सव स्टेशनबाट लाम्तुङ लगिएको बिजुलीको थ्री फ्रेज लाईनको काठको पोल पुरानो भएको कारणले फलामको पोल फेर्ने क्रममा अचानक करेण्ट लागि दुइ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वत कै महाशिला गाउँपालिका-४ बस्ने वर्ष ३० को सुरेन्द्र बहादुर क्षेत्री र वर्ष ३३ को केश बहादुर क्षेत्री रहेका छन् । साथै अर्का वर्ष २५ का भद्र बहादुर क्षेत्री घाईते भएका छन् उनको उपचार भईरहेको छ । घटनाका विषयमा जानकारी प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित