जोडिनुहोस
  • होमपेज
  • आइ टि पार्क निर्माणमा स्रोतको कमी दिन्न : मुख्यमन्त्री गुरुङ

कास्की

आइ टि पार्क निर्माणमा स्रोतको कमी दिन्न : मुख्यमन्त्री गुरुङ

पोखरा, २९ साउन । गण्डकी प्रदेशले सुचना प्रविधि (आइ टी) पार्क निर्माणका लागि विज्ञ टोली र सरोकारवाला निकायसंग प्रारम्भिक छलफल गरेको छ । आन्तरिक ममिला तथा कानुन मन्त्रालयले आइ टी पार्कको अवधारणा, पुर्वाधार, सञ्चालन र व्यवास्थापन, व्यावसायिक र कानुनी पक्ष तथा निजि क्षेत्रको अपेक्षा विषयमा छलफल तथा अन्तरक्रिया गरेको हो । विषय विज्ञको रुपमा सुचना प्रविधि उच्चस्तरीय आयोगका उपाध्यक्ष मनोहर भट्टराई, सुचना तथा सञ्चार प्रविधि परिषद सदस्य सुरेश रेग्मी, युएनडिपी क्षेत्रीय प्रमुख सुदीप अर्याल, विज्ञहरु विवेक राना, हेमपाल श्रेष्ठ र तथा पवन कृष्ण श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेको थिए ।

विज्ञहरुले गण्डकी प्रदेशले आइटी क्षेत्रको निति र पार्क व्यवास्थापन कसले गर्ने भन्ने विषयमा स्पष्ट हुनुपर्ने बताएका थिए । यसले समेट्ने क्षेत्र, लगानीको संभावना र पुर्याउने सेवाको विषयमा स्पष्ट अबधारणा सहित जान सकिए यसले प्रदेशको आर्थिक समुद्धिमा टेवा पु¥याउने बताएका थिए । अन्तरक्रियामा बोल्दै प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइ टी पार्कका लागि बजेटको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे । उनले समपुरक अनुदानको रुपमा संघ सरकारबाट बजेट ल्याउने सकिने जानकारी गराउदै अन्य विभिन्न विकल्प समेत सरकारसंग रहेको बताएका छन् ।

सुचना प्रविधि बारे कार्यदल बनाएर यसको कार्यविधिको तयारी गर्न प्रदेश सरकारले ढिला नगरिने समेत उनले प्रतिबद्धता जनाए । आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले अन्तरक्रिया उठेको विषयलाई समेटी आउने भदौ महिना भित्र अर्को चरणमा छलफल चलाउने र पार्क निर्माणलाई अगाडि बढाइने जानकारी गराए । चालु आर्थिक बर्षमा प्रदेश सरकारले आइ टी पार्कको विस्तृत संभाव्यता अध्ययन गर्न एक करोड रकम विनियोजन गरेको छ । पोखरा महानगरपालिका वडा नं १८ मा बन्ने पार्कका लागि ९६ रोपनी जग्गा पोखरा महानगरपालिकाले भोगचलनको स्वीकृति दिइसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका