जोडिनुहोस
  • होमपेज
  • ठूलै खैलाबैला लगतै अन्ततः अमेरिकी दूताबासले सन्दीप लामिछानेलाई दियो भिसा

खेल समाचार

ठूलै खैलाबैला लगतै अन्ततः अमेरिकी दूताबासले सन्दीप लामिछानेलाई दियो भिसा

काठमाडौं, २८ साउन। सन्दीपले क्यारेबियन प्रिमियर लिग खेल्न जान अमेरिकाको भिसा आवेदन दिएका थिए । नेपाली राष्ट्रिय क्रिकेट टिमका चर्चित खेलाडी सन्दीप लामिछानेलाई अमेरिकी दुतावासले भिषा दिन अस्विकार गरेको थियो। आज बिहान अन्तरवार्ताका लागी महाराजगञ्जस्थित अमेरिकी दुतावास पुगेका सन्दिपले भिषा नपाएपछि ट्विट गर्दै भनेका थिए “मैले आवश्यक सम्पूर्ण कागजात बुझाएको थिएँ, तर पनि भिषा अस्विकार गरिँदा म निःशब्द भएको छु ।

सन्दिपले भनेका छन् ‘राष्ट्रिय क्रिकेटरको रुपमा सन् २०१६ देखि देशविदेशका विभिन्न लिगमा भाग लिइसकेको क्रिकेटरको भिषा अस्विकार गरिनुले मलाई आश्चर्य लागेको छ ।’ सन्दिप २१ अगष्टबाट शुरु हुन लागेको क्यारेबियन प्रिमियर लिग २०१९ मा सहभागिता जनाउने तयारीका लागी अमेरिका जान भिषाका लागी दुतावास पुगेका थिए ।

काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई भिसा दिएको छ । मंगलबार विहान मात्र दूताबासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । यसले आफू आश्चर्यमा परेको भन्दै उनले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतलाई मेन्सन गर्दै ट्वीट गरेका थिए । यसले ठूलै खैलाबैला मच्चियो । लगत्तै दूताबासले सन्दीपलाई बोलाएर अन्तर्वार्ता लगायतको प्रक्रिया पूरा गरेर भिसा दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका