जोडिनुहोस
  • होमपेज
  • नक्षत्रसँग एकपल कार्यक्रममा आठ विधामा विश्व कीर्तिमान पेम्वादोर्जे (भिडियोसहित)

देश

नक्षत्रसँग एकपल कार्यक्रममा आठ विधामा विश्व कीर्तिमान पेम्वादोर्जे (भिडियोसहित)

काठमाडौँ, २८ साउन । डिफेन्स करिअयर एकेडेमीले नियमित रुपमा चलाउँदै आएको कार्यक्रम ‘नक्षत्रसँग एकपल’ कार्यक्रमको छैठौँ श्रृंखलामा सबैभन्दा छोटो समयमा सगरमाथा आरोहण गर्न सफल व्यक्तित्व पेम्वा दोर्जे शेर्पा प्रस्तुत भएका छन् । सगरमाथा आरोहण सम्बन्धी विभिन्न आठ विधामा विश्व कीर्तिमान राख्न सफल पेम्बाबाट विद्यार्थी भाइबहिनीहरूलाई सगरमाथा सम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यका साथ कार्यक्रममा प्रस्तुत गरिएको डिक्यानका संस्थापक डा. राजेन्द्र केसी बताउँछन् ।

सामान्य परिवारमा जन्मेका पेम्वा चार वटी दिदिबहिनी र ८ वटा दाजुभाइमध्ये एकका हुन् । सानैदेखि दुःख र अभावमा हुर्किएका पेम्वा जीवन जिउने क्रमसँगै कामप्रति इमान्दारी र वफादारी बन्दै गएको धारणा राख्नछन् । पेम्वाले आफू काठमाडौँमा आएर भरियाबाट संघर्षदायी दिनका सुभारम्भ गरेको दिन सम्झँदै भन्छन् ‘मैले काठमाडौँ आएर भारी बोक्दै गल्तीगल्ती पसिना बगाउँनुपर्यो ।’ विदेशीहरूको भारी बोक्दै उनीहरूसँग रहँदाबस्दा अहिले पेम्बाले ७ वटा भाषा आफूले बोल्न सक्ने बताए । हाल पेम्वाले निजी ट्राभल्स कम्पनीका सञ्चालन गरिरहेका छन् ।

तीन घण्टासम्मको अवधिमा पेम्वाले आफ्नो जीवनको उतारचढावका विविध आयामहरूलाई प्रस्तुत गरिरहँदा विद्यार्थी भाइबहिनीहरू बढो उत्सुकताका साथ सुनिरहेका थिए । दुर्गम भेगदेखि काठमाडौँसम्म आउनलाई गरेको संघर्ष र समागरमाथा आरोहण गर्दाका विभिन्न दुःखसुखका क्षणहरूलाई प्रस्तुत गर्दै जीवन एउटा संघर्षपूर्ण संगालो पुस्तक हो भन्दा विद्यार्थीहरूले गड्गडाहट तालिले पेम्वालाई साथ दिइरहे । प्रस्तुती शेसनको समाप्ती पश्चात् विद्यार्थीहरूका मनमा उब्जिएका विविध प्रश्नहरूको जवाफ दिनतर्फ पेम्वाले केही समय छुट्याउनुपर्यो ।

विदाइको हात हल्लाउन खोज्दै गर्दा पेम्वालाई आयोजक संस्था डिक्यानका संस्थापक डा. राजेन्द्र केसीले मायाको चिनो हातमा थम्याउँदै गर्दा पेम्वाले पनि आयोजक र सहभागितालाई धन्यवाद दिँदै विदाइको हात हल्लाएका थिए । सो कार्यक्रममा २०० भन्दा बढी विद्यार्थी भाइबहिनीहरूको सहभागिता रहेको थियो । (भिडियोस्)

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका