पोखरामा एक महिला को कावासोतीमा एक पुरुष को मृत्यु | Samacharpati        
Home | About Us | Contact | Unicode |

पोखरामा एक महिला को कावासोतीमा एक पुरुष को मृत्यु

पोखरा, २६ साउन । मिति २०७६/०४/२६ गते पोखरा महानगरपालिका-१६ महेन्द्र गुफा स्थित वर्ष ३६ की गोमा परियारले एक्कासी वमिट गरेकी थिइन्  वमिट भइसकेपछि उनले मुखबाट फिंज निकालेकि हुदा उनलाई तुरुन्तै  उपचारको लागि फिष्टेल अस्पताल ल्याएको थियो डाक्टरले चेकजाँच गर्ने क्रममा गोमा परियारलाई मृत घोषणा गरेका छन् । उक्त स्थानमा प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

मिति २०७६/०४/२६ गते कावासोती नगरपालिका-८ थानाचोक नजिकै हालसम्म नाम, थर, वतन नखुलेको अंन्दादजी ५०/५५ वर्षको पुरुष व्यक्ति अचेत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोलि खटिई ति मानिस भएको ठाउँमा पुगी  उनलाई उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डा नवलपरासी पठाईएको थियो  उपचारका लागि पठाईए मानिसलाई चिकित्सकले मृत घोषणा गरेका छन् । घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित