सुनिल थापाको अभिनय रहेको म्युजिक भिडियो ’राते काईला’ को टिजर सार्वजनिक | Samacharpati        
Home | About Us | Contact | Unicode |

सुनिल थापाको अभिनय रहेको म्युजिक भिडियो ’राते काईला’ को टिजर सार्वजनिक

काठमाडौँ, २६ साउन । नेपाली फिल्मनगरीमा ’राते काईला’ को उपनामले स्थापित सुनिल थापाले म्युजिक भिडियोमा अभिनय गरेका छन् । फिल्ममा भिलेनको रुपमा देखिदै आएका सुनिल भिडियोमा पनि त्यहि अन्दाजमा देखिदैछन् । उनले अभिनय गरेको भिडियोको सार्वजनिक तस्वीर तथा टिजरमा उनलाई ’बोस’ को रुपमा चित्रण गरिएको अनुमान लगाउन सकिन्छ । संवत उनि पहिलो पटक हिपहप गीतमा देखिएका हुन् ।

’झ्याम पुतली’ बिलको हिपहप गीतमा साइक्लोनिक अर्थात बिधान रेशमी मगर र नेपालको फास्ट र्यापरको परिचर बनाएका बुलेट फ्लो अर्थात सुरज बिक्रम थापाले तयार पारेका हुन् । यी दुइ समेत भिडियोमा फिचर्ड छन् । यसको अडियोलाई क्रोनिक बिटले तयार पारेको हो भने यसको भिडियोलाई बेस्मेन्ट स्टुडियोले । भिडियोमा इन्टा चाम्लिङ राईको कोरियोग्राफी रहेको छ ।

भिडियोको सार्वजनिक टिजरले नै यसलाई अन्तराष्ट्रिय लेभलको बनाउने प्रयाश गरिएको अनुमान लगाउन सकिन्छ । ’नेपाली हिपहपको सिनारियोमा यो केहि फरक रहेको र यसको भिडियोलाई पनि विना सम्झौता तयार गरिएको बिधानले बताए । सुनिल पनि आफ्नो व्यक्तित्व अनुसार नै भिडियोमा प्रस्तुत भएको बताए । ’हिपहप रुचाउने मात्र होइन गीतसंगीत प्रेमीको मन छुने गरि अडियो र आँखालाई शितलता दिने भिडियो तयार पारेका छौ’ बिधान विश्वस्त सुनिए । गीतको सानो झलक अर्थात टिजर पनि सार्वजनिक गरिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित