तुलसी क्षेत्रीले लिएर आइन तीज गीत ‘नामर्द पोइ’ (हेर्नुहोस् भिडियो) | Samacharpati        
Home | About Us | Contact | Unicode |

तुलसी क्षेत्रीले लिएर आइन तीज गीत ‘नामर्द पोइ’ (हेर्नुहोस् भिडियो)

पोखरा, २६ साउन । नेपालीहरुको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा तीजका गीतहरु धमाधम सार्बजनिक भैरहेका छन् । यसै क्रममा बहुचर्चित गायिका तथा नायिका तुलसी क्षेत्रीको तीज गीत ‘नामर्द पोइ’ सार्वजनिक भएको छ ।

एउटा बिवाहित नारीलाई बच्चा नहुनुको पिडा कति हुन्छ त्यो नारीलाई मात्रै थाहा हुन्छ यस्तै विषयबस्तुलाई समेटिएर बनाइएको क्षेत्रीको तीज गीत नामर्द पोइमा तुलसी क्षेत्रीको स्वर रहेको छ भने उत्त गीतलाई बहुचर्चित सगीतकार बिबि अनुरागिले सङीत तथा एरेन्ज गरेका हुन ।

गीतको शब्द गोकुल सापकोटाले लेखेका छन् । गीतमा एसिका क्षेत्रीले कम्मर मर्काएकी छिन भने गायिका क्षेत्रीको र हास्यकलाकार युवराज भन्डारीको दम्दार अभिनय देख्न सकिन्छ । उत्त गीतलाई गनेश सापकोटाको छायांकन र युवराज भन्डारीले निर्देशन गरेका हुन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित