गायिका बुनु श्रेष्ठ र शीलु अधिकारीको ‘तीज गीत ‘ वर्ष दिनको तीज’ सार्वजनिक (भिडियो) | Samacharpati        
Home | About Us | Contact | Unicode |

गायिका बुनु श्रेष्ठ र शीलु अधिकारीको ‘तीज गीत ‘ वर्ष दिनको तीज’ सार्वजनिक (भिडियो)

काठमाडौँ, २६ साउन । हिन्दु महिलाहरुको महान चाड तीज नजिकिदै गर्दा बजारमा तीजका गीतहरु आइरहेका छन् । गायिका बुनु श्रेष्ठले पनि नया तीज गीत लिएर दर्शक तथा स्रोता माझ आएकी छिन् । गायिका बुनु श्रेष्ठ र गायिका शीलु अधिकारीको स्वर रहेको ‘ वर्ष दिनको तीज’बोलको तीज गीत सार्वजनिक गरिएको छ ।

रंगपत्रकार शान्ति प्रियको शब्द रहेको ‘ वर्ष दिनको तीज’ बोलको गीतमा संगीत सन्तोष श्रेष्ठ रहेको छ ।गीतलाई नारायण दंगालले एरेन्ज गरेका हुन् ।गीतमा ‘वर्ष दिनको तीज आउँदा मनै रमाइलो’ भन्दै ‘अर्को साल के हुन्छ के हुन्छ नाचौँ यसै साल’ भन्दै दिदि बहिनि मिलेर रमाइलो गरेका छन् । गीतको भिडियोमा सबना आचार्य र साथीहरुलाई फिचरिंग गरिएको छ ।

गीतको भिडियोलाई सुबोल थापाले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । सबिन भट्टराईको छायांकन रहेको यस भिडियोलाई रोशन दाहालले सम्पादन गरेका हुन् । यस गीतलाई स्टुडियो साउन्ड मिल मा रेर्कडिङ गरिएको हो भने महेश्वर मान राजभण्डारीले मिक्सिङ ,मास्टरिङ रहेको गीतलाई रेकर्डिस्ट फुर्बा तामांगले गरेका हुन् । गीतलाई साउन्ड मिलको अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित