जोडिनुहोस
  • होमपेज
  • मृगौलापीडित श्रीसलाई बागलुङ–पोखरा मगर समाजको ४० हजार सहयोग

आर्थिक समाचार

मृगौलापीडित श्रीसलाई बागलुङ–पोखरा मगर समाजको ४० हजार सहयोग

पोखरा, २६ साउन ।  दुवै मृगौला खराब भइ उपचाररत बागलुङको गलकोट नगरपालिका वडा नं. २, नरेठाँटी, घसघसाका ३६ वर्षीय गमप्रसाद श्रीसमगरलाई बागलुङ–पोखरा मगर समाजले ४० हजार ५ सय ५ रुपैयाँ सहयोग हस्तान्तण गरेको छ । मृगौलापीडित श्रीसलाई शनिबार आयोजित समाजको १३ औं वार्षिक साधारणसभाको अवसरमा सो सहयोग रकम हस्तान्तरण गरिएको हो । सो सहयोग रकममध्ये समाजको तर्फबाट ३ हजार रुपैयाँ र बाँकी समाजका सदस्यहरूबाट संकलन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर संघ, कास्कीकी अध्यक्ष संगीता पुनमगर, समाजका अध्यक्ष रामबहादुर पुनमगर र बागलुङ समाज, पोखराका उपाध्यक्ष सुनिल पाण्डेले संयुक्त रुपमा सो रकम मृगौलापीडित श्रीसलाई हस्तान्तरण गर्नुभएको हो ।

वैदेशिक रोजगारीका शिलशिलामा संयुक्त अरब इमिरेट्सको दुबईमा सात वर्ष कार्यरत मृगौलापीडित श्रीस बिरामी भएपछि स्वदेश फर्कनुभएको थियो । नेपाल आएर स्वास्थ्य परीक्षण गरेपछि दुवै मृगौला फेल भएको पत्ता लागेको उहाँले जानकारी दिनुभयो । सुरुमा काठमाडौंको निदान अस्पतालमा स्वास्थ्य परीक्षणपश्चात उपचार सुरु गरेको र पछि वीर अस्पतालमा डाइलासिस सुरु गरेको मृगौलापीडित श्रीसले बताउनुभयो । हालः पोखराको लेकसिटी हस्पिटल एण्ड रिसर्च सेन्टरमा नियमित डाइलासिस गराइरहनुभएका उहाँले मृगौला प्रत्यारोपणका लागि ठूलो धनराशी खर्च हुने भएकाले आर्थिक अभावका कारण उपचारमा समस्या भएको उल्लेख गर्नुभयो ।

यसअघि, पनि जापानबाट साढे पाँच लाख रुपैयाँ र दक्षिण कोरियाबाट २ लाख १२ हजार रुपैयाँ सहयोग आएको मृगौलापीडित श्रीसले बताउनुभयो । चिकित्सकले मृगौला प्रत्यारोपणका लागि ३०÷४० लाख रुपैयाँ खर्च हुने बताएकोले सहयोग रकम जुटेमा मृगौला प्रत्यारोपणका लागि प्रक्रिया अघि बढाउने उहाँको भनाइ छ । हालसम्म सहयोग गर्नेहरूलाई धन्यवाद दिँदै उहाँले सहयोगी मनहरूको साथले आफूले नयाँ जीवन पाएको अनुभूति गरेको समेत बताउनुभयो । आर्थिक अभावका कारण नियमित डाइलोसिस र थप उपचारमा समस्या भएकाले सहयोगका लागि उहाँले सबैसँग याचना समेत गर्नुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका