तनहुँमा सवारी दुर्घटना, त्रिशुली किनारमा महिला र एक बच्चाको शव फेला | Samacharpati        
Home | About Us | Contact | Unicode |

तनहुँमा सवारी दुर्घटना, त्रिशुली किनारमा महिला र एक बच्चाको शव फेला

तनहुँ, २४ साउन । मिति २०७६/०४/२४ गते आबुखैरेनि गाउँपालिका-३ चिसापानी स्थित पृथ्बी राजमार्ग आँबुखैरेनीबाट डुम्रे तर्फ जाँदै गरेको ना २ ह ९७२ नंन्बरको अटो रिक्सा र ना ५ ख ४०९४ नंम्बरको कन्टेनर एक-आपसमा ठक्कट खाँदा अटो रिक्सामा सवार कञ्चनपुर पुनरबास नगरपालिका – १० बस्ने वर्ष ५६ को भम बहादुर बि.क.र गोरखा पालुङटार नगरपालिका -१ बस्ने वर्ष ५० को सोम्बा लामा घाईते भएका छन् । उनिहरुलाई उपचारको लागि छिम्केश्वरि अस्पताल आँबुखैरेनि पठाईएको छ ।घटनास्थलमा तत्कालै प्रहरी टोलि खटिई दुवै सवारी साधन र चालक लाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

मिति २०७६/०४/ २४ गते देबघाट गाउँपालिका- ५ भुवनटार स्थित त्रिशुली नदिको किनारमा हाल सम्म नाम, थर, वतन नखुलेको अंन्दाजि वर्ष २६र२७ की महिला र अंन्दाजि वर्ष ६र७ को बच्चा (पुरुष) त्रिशुली नदीको किनारमा मृत अवस्थामा भेटीएको  भन्ने खबर प्राप्त हुन साथ उक्त स्थानमा तत्कालै प्रहरी टोलि खटिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित