पोखरामा स्कुटी र मोटरसाईकल एक आपसमा ठक्कर खाँदा चार जना घाइते | Samacharpati        
Home | About Us | Contact | Unicode |

पोखरामा स्कुटी र मोटरसाईकल एक आपसमा ठक्कर खाँदा चार जना घाइते

पोखरा, २४ साउन । मिति २०७६/०४/२४ गते पोखरा महानरपालिका-२९ धर्मकाटा स्थित पृथ्वी राजमार्गमा ग १४ प २३८१ नंम्बरको मोटरसाईकल र ग ६ प ६२३४ नंम्बरको स्कुटी एक आपसमा ठक्कर खाँदा दुवै सवारी साधनको चालक र सवार व्यक्ति गरी चार जना घाइते  भएका छन्। घाइते लाई  उपचारको लागि अस्पताल पठाईएको छ । घाईते हुनेमा मोटरसाईकल चालक पोखरा २७ बस्ने निरज कार्की, पछाडी सवार सन्दिप भट्टराई, सकुटर चालक पोखरा २९ बस्ने सावित्री पौडेल खनाल र पोखरा ३० खुदी बस्ने संगिता कुवँर रहेका छन् । उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

मिती २०७६/०४।२४ गते मध्यबिन्दु नगरपालिका -१५ जंगल स्थित पूर्व-पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु. १ ख .२३२ नंम्बरको बसमा RSCC चेकिङ टोलिले शंका लागि चेकजाँच गर्दा सोही बसमा सवार गोरखा पन्द्रुङ गाउँपालिका -६ बस्ने वर्ष २४ बुद्धि बहादुर गुरुङको साथबाट डाईजोपम २८ एम्पुल, नुफिन २८ एम्पुल र फेनरागन २८ एम्पुल गरी जम्मा ८४ एम्पुल लागूऔषध सहित बुद्धि बहादुर गुरुङ लाई नियन्त्रणमा लिइएको छ ।  घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित