जोडिनुहोस
  • होमपेज
  • पोखरा महानगरका वडा कार्यलयहरुमा चोरी रोकिएन, सुरक्षा गार्ड राख्ने तयारी गर्दै महानगर

कास्की

पोखरा महानगरका वडा कार्यलयहरुमा चोरी रोकिएन, सुरक्षा गार्ड राख्ने तयारी गर्दै महानगर

समाचारपाटी, पोखरा, २३ साउन । पोखरा महानगरपालिकाका वडा कार्यलयहरु निरन्तर चोरको निसानामा परिरहेका छन् ।

११ वटा वडा कार्यालयहरु चोरी भईसक्दा पनि कसले चोर्यो ? किन चोर्यो ? चोरी भएका सामाग्री कहाँ छन् । पोखरेली जनताका महत्वपुर्ण तथ्यांक र डाटा कता छन् ? के भईरहेको छ भन्ने विषय अहिलेसम्म पत्ता लगाउन प्रशासनले सकेको छैन । यद्यपी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

अब भने पोखरा महानगरपालिकाले अव वडा कार्यलयहरुमा सुरक्षा दिन सुरक्षा गार्डको व्यवस्था गर्ने तयारी गरेको बुझिएको छ । पोखरा महानगरपालिका वडा नं. १८ का अध्यक्ष रणबहादुर थापाले वडा कार्यलयहरु चोरीको श्रृङखला नरोकिएपछि वडा कार्यलयहरुमा सेक्युरिटि गार्ड राख्ने तयारी गरिरहेको बताउनुभयो । समाचारपाटीसंगको कुराकानीमा थापाले कार्यपालिका बैठकमा हरेक वडाहरुमा सुरक्षा गार्ड राख्ने र तत्कालका लागि निजि क्षेत्रका सेक्युरीटी कम्पनिबाट सुरक्षा गार्ड राख्ने छलफल भएको र महानगरले त्यसको तयारी गरेको बताउनुभयो ।

गएको सोमबार राती पोखराको लेकसाइडमा रहेको महानगरपालिकाको वडा नं. ६ को कार्यलय चोरी भएको थियो । अहिलेसम्म वडा नं. ६ सहित ५, १२, १३, १४, १५, १६, १९, २५, २९ र ३१ नं. का वडा कार्यलयहरुमा चोरी भईसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका