कास्कीमा धरिलो हतियार प्रहारबाट एकजाना घाईते, स्याङ्जामा नुहाउन गएको मानिस वेपत्ता | Samacharpati        
Home | About Us | Contact | Unicode |

कास्कीमा धरिलो हतियार प्रहारबाट एकजाना घाईते, स्याङ्जामा नुहाउन गएको मानिस वेपत्ता

पोखरा,२३ साउन । मिति २०७६/०४/२२ गते पोखरा महानगरपालिका -६ लेक साईड स्थित पोखरा १७ बिरौटा बस्ने वर्ष २२ को बिबेक थापा, बिन्ना भन्ने बिजय गुरुङ लगाएत ३ जनाको समूहले पोखरा १७ छोरेपाटन घर भई हाल पोखरा कै रानीपौवामा डेरा गरी बस्ने वर्ष १९ को राजन अधिकारीलाई धारीलो हतियार प्रहार गरेका छन् हतियार प्रहारबाट  घाईते भएका  राजनलाई उपचारको लागि मेट्रो सिटी अस्पताल पोखरा पठाईएको थियो । उक्त स्थानमा तत्कालै प्रहरी टोलि खटिई उक्त घटनामा संलग्न विवेक थापालाई नियन्त्रणमा लिई घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजिकार्य साथै घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

स्याङ्जामा मानिस वेपत्ता
मिति २०७६/०४/२२ गते कालिगण्डकी गाउँपालिका – ४ कट्टि बस्ने वर्ष ५२ को कुलानन्द पाण्डे कालिगण्डकी नदिमा नुहाउन भनि गएका थिए ।

कालिगण्डकी नदी किनारको अरुवाघाट स्थितमा कुलानन्दले लगाएका सम्पूर्ण कपडा त्यहि नदि भेटीएको थियो । नुहाउन भनि गएका व्यक्ति घर फर्कि नआएको भन्ने जानकारी प्राप्त हुना साथ उक्त स्थानमा प्रहरी टोलि खटिई खोजि कार्य गर्नुको साथै घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित