फिल्म ‘सोच’ को ‘तिमीले मलाई साहारा’ गीत सार्वजनीक | Samacharpati        
Home | About Us | Contact | Unicode |

फिल्म ‘सोच’ को ‘तिमीले मलाई साहारा’ गीत सार्वजनीक

काठमाडौं, २३ साउन । एक्शन लभस्टोरी फिल्म ‘सोच’ मा समाबेश तिमीले मलाई साहारा बोलको गीत सार्वजनीक गरिएको छ । भदौ २० गते प्रदर्शन हुने फिल्मको गीतमा नीता ढुंगाना र प्रज्वल गिरीलाई प्रेमाभावमा प्रस्तुत गरिएको छ । शंकर अधिकारी घायलले लेखेको सार्वजनीक गीतमा योगेश काजी, जुनु गौतम र सुनीता थेगिङको स्वर र डिजे एलएक्सको संगीत छ । पुजन सिंह (प्रभाकर प्रकाश) को निर्देशनमा निर्माण भएको फिल्ममा नीता र प्रज्वलका साथमा नवनायक पूजन सिंह प्रमुख भूमिकामा छन् ।

सोच फिल्मस् प्रोडक्शन एण्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्माण भएको फिल्मका अन्य कलाकारमा बिशाल पहाडी,सोनीका,किरण थापा, रितेश श्रेष्ठ,उत्तम केसीलगायत छन् । गंगा रजक प्रकाश र एस.डी निर्माता रहेको फिल्म बिदुर पाण्डेले खिचेका हुन् । कृष्ण आचार्यको पटकथा,सम्वाद रहेको सोचमा एनबि महर्जनको द्धन्द्ध निर्देशन,रामजी लामीछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी र प्रितम पाण्डेको सम्पादन छ । आरआर फिल्मस्ले बितरण गर्ने फिल्ममा भरपुर मनोरञ्जनका लागि समाजोपयोगी सन्देशसमेत रहेको दावी निर्देशक पुजनको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित