चर्चित गायिका सिता के सी को यस बर्षको तीज गीत ”सैं नाच्यो” सार्वजनिक | Samacharpati        
Home | About Us | Contact | Unicode |

चर्चित गायिका सिता के सी को यस बर्षको तीज गीत ”सैं नाच्यो” सार्वजनिक

काठमाडौँ, २२ साउन । चर्चित गायिका सिता के सी को यस बर्षको तीज गीत ”सैं नाच्यो” बोलको गीत सार्वजनिक भएको छ। मलाई अमेरिका यहि मलाई जापान पनि यहि बोलको गीत बाट पनि नेपाली सांगीतिक आकासमा छुट्टै पहिचान बनाएकी गायिका सिता के सीको यस बर्षको तीज गीत दर्शकश्रोता माझ सार्वजनिक भएको छ।

गीतमा गायिका के सी लाई गायक कृष्ण के सी ले पनि साथ दिएका छन। प्रयास मगरको शब्दमा कृष्ण के सिको संगीत रहेको यस गीतमा एरेन्ज पनि कृष्ण के सी कै रहेको छ। यस गीत ”सैं नाच्यो” मा गायिका सिता के सी कलाकार लोमस शर्मा र मिनुज राना मगरको अभिनय देख्न पाईने छ। भिडियो अन्य तीज गीत भन्दा फरक बनेको देख्न पाइन्छ।

मौसम हिमालीले कोरियोग्राफ तथा निर्देशन गरेको यस भिडियो लाई कारण चैसिएरले खिचेका छन भने सम्पादन प्रविन भट्टको रहेको छ। गीतलाई सिता के सिको अफिसल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित