लमजुङमा शव फेला, स्याङजामा सवारी दुर्घटना | Samacharpati        
Home | About Us | Contact | Unicode |

लमजुङमा शव फेला, स्याङजामा सवारी दुर्घटना

लमजुंग, २१ साउन । मिति २०७६/४/२१ गते बेसिशहर नगरपालिका-३ भरेडाँडा स्थित रहेको पानीको पोखरीमा सोहि स्थान बस्ने वर्ष १६ को रुकेश बि.क.मृत अवस्थामा  भेटीएका छन् । बि.क.मृत अवस्थामा  छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी उक्त स्थानमा तत्कालै  खटिएका छन् थप अनुसन्धान भईरहेको छ ।

मिति २०७६/४/२१ गते वालिङ नगरपालिका-९ क्याम्पस रोड स्थित भेनसचोकबाट हस्पिटलचोकतर्फ जाँदै गरेको ग ११ प २१८० नं.को मोटरसाईकलले बाटोको साईडमा खेल्दै गरेको सोहि स्थान बस्ने अंन्दाजी ३ वर्षको एन्जल दर्लामीलाई ठक्कर दिंदा घाईते भएका एन्जललाई उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाईएको छ । उक्त स्थानमा तत्कालै प्रहरी टोली खटि मोटरसाईकल चालकलाई नियन्त्रणमा लिईथप अनुसन्धान भईरहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित