स्याङजामा सवारी दुर्घटना | Samacharpati        
Home | About Us | Contact | Unicode |

स्याङजामा सवारी दुर्घटना

स्याङ्गजा, १९ साउन  । मिति २०७६/०४/१९ गते भिरकोट नगरपालिका -१ बयरघारी स्थित सिद्दार्थ राजमार्गमा बयरघारीबाट हेलुतर्फ जाँदै गरेको बालज्योती सेकेन्डरी बोर्डिङ स्कुलको अस्थाई लु.अ.अ.ब.३२७२ नंम्बरको बस र विपरित दिशाबाट आँउदै गरेको ग १४ प ८४३३ नंम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकल चालक सोहि स्थान बस्ने वर्ष १८ को धन बहादुर मगर र पछाडि सवार वर्ष १६ को विशाल मगर घाइते भई उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको, घटना स्थलमा तत्कलै प्रहरी टोलि खटिई बस चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

मिति २०७६/०४/१९ गते वालिङ नगरपालिका-१३ बायाँटारी स्थित सिद्धार्थ राजमार्गमा पोखराबाट बुटवल तर्फ जादै गरेको लु १ ख ८३८४ नं को ट्रक र बिपरित दिशाबाट आउदै गरेको बा १५ च ८२५४ नं. को कार एक आपसमा ठक्कर खादाँ कारमा सवार दुई जना घाईते भई उपचारको लागि अस्पताल पठाईएको, घटनास्थलमा प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको छ ।

तनहुँमा सवारी दुर्घटनामा
मिति २०७६/०४/१९ गते बन्दिपुर गाउँपालिका-५ ढाब स्थित पृथ्वी राजमार्गमा चितवनबाट दमौली तर्फ आउदै गरेको बा४ख ५९८८ नं।को बस आफै अनियन्त्रित भई सडकबाट अंन्दाजी २/३ फिट तल खेतमा खस्न जाँदा बसमा सवार २९ जना मध्ये १९ जना घाइते भएकोमा १५ जना समान्य उपचार पश्चात डिस्चार्ज भैसकेको र अन्य ४ जनाको उपचार भईरहेको छ । उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित