जोडिनुहोस
  • होमपेज
  • सागका लागि ह्याण्डबलको बन्द प्रशिक्षण पोखरामा शुरु

कास्की

सागका लागि ह्याण्डबलको बन्द प्रशिक्षण पोखरामा शुरु

पोखरा, १९ साउन । नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत ह्याण्डबल खेलको बन्द प्रशिक्षण पोखरामा शुरु भएको छ । राष्ट्रिय खेलकुद परिषदका राजेश गुरुङले प्रशिक्षक द्वय अरुणलाल कर्ण र टेक बहादुर विश्वकर्मालाई बल हस्तान्तरण गरि बन्द प्रशिक्षणको शुभारम्भ गरेका हुन ।

उक्त प्रशिक्षणको शुभारम्भ गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले खेलाडीहरुलाई शुभकामना दिंदै राष्ट्रिय गौरब बढाउन ह्याण्डबल खेलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । केही परिषदका कर्मचारीहरुले राज्यको तलब सुविधा लिएर साग हुँदैन भन्ने हल्ला फैलाएको प्रति रोष प्रकट गर्दै तोकिएकै मितीमा नेपालमा साग हुनेमा कुनै शंका नपाल्न सदस्य गुरुङले आग्रह गरे । उनले खेलाडी र प्रशिक्षकलाई भत्ता लगाएतका सुविधाहरु थप गर्न परिषदले गृहकार्य थालेको समेत जानकारी दिए ।

कार्यक्रममा नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङले खेलाडीलाई आफ्नो अनुशासनमा रहि पदक जितेर राष्ट्रिय गौरव बढाउन ह्याण्डबल खेलाडीलाई आग्रह गरे । साग अन्तरगत बन्द प्रशिक्षणका लागि २८ महिला र २८ पुरुष गरि ५६ जना खेलाडीहरु पहिलो चरणको छनोटमा परेका छन । सागको महिला तथा पुरुषको ह्याण्डबल खेल पोखरा रंगशाला स्थित बहुउद्धेश्यिय कभर्डहलमा २०७६ मंसिर १५ देखि २४ सम्म हुनेछ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका