दमकमा बन्ने औद्योगीक ग्रामको डिपिआर तयार गर्न चिनियालाई स्वीकृति – Samacharpati Samacharpati दमकमा बन्ने औद्योगीक ग्रामको डिपिआर तयार गर्न चिनियालाई स्वीकृति – Samacharpati
Samacharpati
सोमवार, फाल्गुन १७, २०७७
  • होमपेज
  • दमकमा बन्ने औद्योगीक ग्रामको डिपिआर तयार गर्न चिनियालाई स्वीकृति

दमकमा बन्ने औद्योगीक ग्रामको डिपिआर तयार गर्न चिनियालाई स्वीकृति

दमकमा बन्ने औद्योगीक ग्रामको डिपिआर तयार गर्न चिनियालाई स्वीकृति

काठमाडौँ, १७ साउन । लगानी बोर्डले झापाको दमकमा स्थापना हुने औद्योगीक ग्रामको डिपिआर तयार गर्न चिनिया कम्पनीलाई स्वीकृति प्रदान गरेको छ ।

प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा शुक्रबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बोर्ड बैठकले औद्योगीक पार्क बनाउने गरि चाइनाको ल्हासास्थीत एक कम्पनीलाई औद्योगीक ग्रामको डिपिआर तयार गर्न स्वीकृती प्रदान गरेको हो । उक्त कम्पनीले औद्योगीक ग्राम बनाउनका लागी ६४ अर्व नेपाली रुपैयाको प्रस्ताव गरेको थियो । त्यस्तै बैठकले विराटनगरमा निर्माण हुने लजिस्टीक पार्क ड्राइ पोर्ट निर्माणका लागी लगानी सम्मेलनमा भएको सिजी ग्रुप र सराफ गु्रपबीच भएको एमओयुको कार्यान्वयनका लागी आएको प्रस्तावलाई स्वीकृत दिदै अध्ययन गर्न दिने निर्णय गरेको छ ।

उक्त आयोजना ७ अर्व १८ करोडको हुनेछ । त्यस्तै बैठकले जनकपुरमा पनि लजिस्टीक पार्क निर्माणका लागी नेपाली कम्पनी गी्रन इन्भेष्ट कम्पनीलाई स्वीकृति दिने निर्णय गरेको छ । बैठकले लगानी सम्मेलनका क्रममा सोकेसमा राखिएको तमोर जलाशययुक्त परियोजनामा मुल्याङ्न गरेका दुई कम्पनीको प्रस्तावलाई अघि बढाउने निर्णय गरिएको बोर्डका कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले परियोजनालाई छिटो छनौट गर्ने बिषयमा बिशेष ध्यान दिन आग्रह गर्नुभएको थियो । त्यस्तै प्रधानमन्त्री ओलीले आयोजना र परियोजनालाई छिटो अघि बढाउने बिषयमा पनि चासो राख्नुभएको कार्यकारी अधिकृत अधिकारीले जानकारी दिनुभयो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका