स्याङ्गजामा ब्राउन सुगरसहित ४ जना पक्राउ | Samacharpati        
Home | About Us | Contact | Unicode |

स्याङ्गजामा ब्राउन सुगरसहित ४ जना पक्राउ

स्याङ्गजा, १५ साउन । ब्राउन सुगरसहित ४ जनालाई प्रहरीले स्याङ्गजाको वालिंगबाट पक्राउ गरेको छ । १६ दशमलव ७५ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका ४ जनालाई लागुऔषध ओसार पसार मुद्दामा जिल्ला अदालत स्याङ्गजाबाट म्याद थप गरेर अनुसन्धान थालीएको छ । पक्राउ पर्नेमा स्याङ्गजाको भिरकोट नगरपालिका ५ का भीमबहादुर सेन र सुमसिह ठकुरी तथा वालिंग नगरपालिका ११ का सुवास सेन र राम वहिक छन् ।

बुटवलबाट पर्वतका लागि छुटेको ना ६ ख १२६७ नम्बरको बसमा चेकजाच गर्ने क्रममा वालिंग १० भकुण्डेबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले बताएका थिए । बिशोष सूचनाका आधारमा वडा प्रहरी कार्यालय वालिंगबाट खटिएको प्रहरी टोलिले सिधार्थ राजमार्ग अन्तर्गतको वालिंग भकुण्डेबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित