आरति अधिकारीको मन छुने तीज गीत ‘बचन’ ले बटुल्यो एक लाख दर्शक | Samacharpati        
Home | About Us | Contact | Unicode |

आरति अधिकारीको मन छुने तीज गीत ‘बचन’ ले बटुल्यो एक लाख दर्शक

पोखरा, १४ साउन । डिजिटल स्टार पोखरा को प्रस्तुतीमा महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर बजारमा आएको आरती अधिकारी को मार्मिक तीज  गीत “वचन ” सार्बजनिक भए लगत्तै दर्शक हरुले मन पराएका छन । उक्त गीतमा आरती अधिकारी आफैले लय, शब्द संकलन गरेकी हुन् , भने स्वरमा आरती अधिकारी ,कृष्ण  भट्टराई र भाइरल गायिका समिक्षा अधिकारी ले साथ् दिएका छन् । एल बि पुनको एरेंजमा तयार भएको गीत पुन डिजिटल लामाचौर मा रेकर्ड भएको हो भने डिजिटल स्टार प्रालीको  Youtube च्यानल मार्फत सार्बजनिक भएको हो ।

गणेश सापकोटा को छायांकन ,सुबाश आम्गाइ को सम्पादनमा रहेको यस गीतमा अनु पराजुली र जीवन साहानी ले मुख्य अभिनय गरेका छन् । सो गीतको निर्देशन तारानाथ आचार्य ले गरेका हुन् । हेर्नुहोस एउटा चेलीको मार्मिक कहानी “वचन ‘

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित