सामाजिक संजालहरुमा हुने विज्ञापनको पनि अब आधिकारिक स्रोत खोजिने – Samacharpati
Samacharpati
बुधबार, माघ १४, २०७७
  • होमपेज
  • सामाजिक संजालहरुमा हुने विज्ञापनको पनि अब आधिकारिक स्रोत खोजिने

सामाजिक संजालहरुमा हुने विज्ञापनको पनि अब आधिकारिक स्रोत खोजिने

सामाजिक संजालहरुमा हुने विज्ञापनको पनि अब आधिकारिक स्रोत खोजिने

सामाजिक संजालहरुमा हुने विज्ञापनको पनि अब आधिकारिक स्रोत खोजिने भएको छ । आइतबार सिंहदरबारमा बसको विकास तथा प्रविधिसमिति बैठकमा विज्ञापन वोर्ड गठनसम्बन्धी विधेयक माथिको दफावार छलफलमा क्रममा पारित विधेयकका दफामा यस्ता व्यवस्था समेटिएको छ । विज्ञापन वोर्डलाई विज्ञापन उत्पादन, प्रकाशन तथा प्रशारणको पनि अनुगमन गर्न उसले आवश्यक ठान्दा विज्ञापन रोक्न सक्ने व्यवस्था गरिएको छ । आइतबार पारित वोर्डको काम, कर्तव्य र अधिकारसँग सम्बन्धित दफामा भ्रम वा उत्तेजना फैलाउने, अमर्यादित र भेदभावजन्य विज्ञापन प्रशारण भए नभएको अनुगमन गरी कारबाही गर्ने व्यवस्था छ । त्यस्तै विदेशी च्यानलहरुबाट प्रशारण हुने विज्ञापनहरु मापदण्ड विपरीत भए नभएको अनुगमन गरी कारबाहीका लागि मन्त्रालयलाई सिफारिस गर्ने व्यवस्था पनि समेटिएको छ । बैठकमा गठनसम्बन्धी विधेयकमा उल्लेखित अधिकांश विषय तोके बमोजिम हुने भन्ने विषयमा पनि सांसदहरुले स्पष्ट पार्न माग गरेका छन् ।

 

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका