रोटरी क्लव पोखरा न्यूरोडको आँखा जाँचमा साढे पाँच सय लाभान्वित – Samacharpati Samacharpati रोटरी क्लव पोखरा न्यूरोडको आँखा जाँचमा साढे पाँच सय लाभान्वित – Samacharpati
Samacharpati
मङ्लबार, चैत्र ३१, २०७७

हालको खबर

  • होमपेज
  • रोटरी क्लव पोखरा न्यूरोडको आँखा जाँचमा साढे पाँच सय लाभान्वित

रोटरी क्लव पोखरा न्यूरोडको आँखा जाँचमा साढे पाँच सय लाभान्वित

रोटरी क्लव पोखरा न्यूरोडको आँखा जाँचमा साढे पाँच सय लाभान्वित

पोखरा, १२ साउन । रोटरी क्लव अफ न्युरोड पोखराले पोखराको समता स्कुलका विद्यार्थीहरुको आँखा जाच कार्यक्रम गरेको छ । क्लबको बार्षिक कार्ययोजना अनुरुप पहिलो दिन आज कक्षा पाँच सम्मका पाँच सय ५१ जनाको आँखा जाँच गरेको हो । बाँकी कक्षाका विद्यार्थीको आखा जाँच आउँदो शुक्रबार गरिने क्लवका अध्यक्ष दिनेश चन्द्र बाँस्तोलाले जानकारी दिएका छन् । उनले भने–“हामीले आज दुई जना डक्टर सहित पाँज जनाको समुहले कक्षा पाँच सम्मका विद्यार्थीको आँखा जाच सक्यौ, बाकीको अर्को शुक्रवार गर्ने तय गरेका छौं ।”

मनिपाल अस्पतालको प्राबिधिक सहयोगमा सम्पन्न आँखा जाँच कार्यक्रममा २५ जनाको आँखामा समस्या देखिएको कार्यक्रम संयोजक बविन वाग्दासले जानकारी दिएका छन् । आँखामा समस्या देखिएका विद्यार्थीहरुलाई औषधि पनि क्लवले नै गरेको छ ।
क्लवले वार्षिक कार्यक्रम अन्र्तगत आजै बृक्षारोपन कार्यक्रम पनि सम्पन्न गरेको छ । जस अन्र्तगत रुद्राक्ष, वोधी चित्त, तेजपत्ता, एभोकार्डो, पैयू, लप्सी लगाएतका विरुवा रोपेको छ ।

समता स्कुलले मासिक एक सय रुपैयाँ लिएर अंग्रेजी माध्यममा नर्सरीदेखि स्नातकोत्तर तहसम्म अध्यापन गराउँदै आएको छ । समता स्कुल नेपालका ७७ जिल्ला र सार्क मुलुकमा समेत सञ्चालनमा आएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका