रुख रोपौं, वातावरण जोगाऔं भन्ने नारासहित बिभिन्न संघसंस्थाले काठमाडौंको कुपण्डोलस्थित बागमती पुल करिडोरमा बृक्षारोपण गरिएको छ । बाग्मति खोला परिसरमा अतिक्रमण र फोहर बढ्दै जाँदा यस्को संरक्षण गर्ने उदेश्यले नै कार्यक्रमको आयोजना गरिएको सहभागीहरुले जनाएका छन् । उनीहरुलाई बाग्मतिसहित राजधानीका अन्य स्थानमा रहेका खोलाहरुमा समेत क्रमश यो अभियानलाई निरन्तरता दिने बताए । कार्यक्रममा बिभिन्न जातका एक सय भन्दा बढी विरुवा रोपिएको थियो । यस अघि पनि बिभिन्न संघसंस्थाले बाग्मति करिडोरमा वृक्षारोपण गर्दै आईरहेका छन् । जसले पछिल्लो समय खोला किनार सफा र हरियाली देखिँदै आएको छ ।