चीनको राजधानी बेइजिङमा नियमित उडान गर्ने हिमालय एयरलाइन्सको तयारी – Samacharpati
Samacharpati
शुक्रबार, माघ ९, २०७७
  • होमपेज
  • चीनको राजधानी बेइजिङमा नियमित उडान गर्ने हिमालय एयरलाइन्सको तयारी

चीनको राजधानी बेइजिङमा नियमित उडान गर्ने हिमालय एयरलाइन्सको तयारी

चीनको राजधानी बेइजिङमा नियमित उडान गर्ने हिमालय एयरलाइन्सको तयारी

हिमालय एयरलाइन्सले काठमाडौंबाट चीनको राजधानी बेइजिङमा नियमित उडान गर्ने भएको छ । ४९ प्रतिशत चिनियाँ लगानी भएको एयरलाइन्सले बेइजिङको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उड्ने निश्चित भएको हो । एयरलाइन्सका उच्च अधिकारीका अनुसार एयरलाइन्सले बेइजिङको नयाँ डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि उडान गर्ने भएको छ । उक्त विमानस्थल सेप्टेम्बरबाट सञ्चालन हुने बताइएको छ । त्यसपछि उडान गर्नेगरी एयरलाइन्सले तयारी गरिरहेको छ । उडानको मिति भने तय भैनसकेको एयरलाईन्सले जनाएको छ । एयरलाइन्ले बेइजिङ उडानका लागि लामो समयदेखि प्रयास गरिरहेको थियो । अहिलेको बेइजिङ क्यापिटल विमानस्थल साँघुरो भएकाले नेपाली एयरलाइन्सलाई स्लट’ नदिएको चीनले नयाँ विमानस्थल बनेपछि मात्र स्लट’ दिने वचन दिएको थियो । सोही बचनअनुसार चिनियाँ पक्षले व्यावसायिक उडानको अनुमति दिने निश्चित भएको एयरलाइन्सका उच्च अधिकारीले जानकारी दिएका छन् । एयरलाइन्सले बेइजिङसँगै चीनका अन्य गन्तव्यमा पिन उडान गर्ने तयारी गरेको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका