नेपालमा हरेक वर्ष ८ सयभन्दा बढी नाक, कान, घाँटीका क्यान्सर रोगी थपिन्छन् – Samacharpati Samacharpati नेपालमा हरेक वर्ष ८ सयभन्दा बढी नाक, कान, घाँटीका क्यान्सर रोगी थपिन्छन् – Samacharpati
Samacharpati
शनिबार, फाल्गुन २२, २०७७
  • होमपेज
  • नेपालमा हरेक वर्ष ८ सयभन्दा बढी नाक, कान, घाँटीका क्यान्सर रोगी थपिन्छन्

नेपालमा हरेक वर्ष ८ सयभन्दा बढी नाक, कान, घाँटीका क्यान्सर रोगी थपिन्छन्

नेपालमा हरेक वर्ष ८ सयभन्दा बढी नाक, कान, घाँटीका क्यान्सर रोगी थपिन्छन्

नेपालमा हरेक वर्ष ८ सयभन्दा बढी नाक, कान, घाँटीका क्यान्सर रोगी थपिने गरेका छन् । चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले दिएको जानकारी अनुसार हरेक वर्ष नाक, कान, घाँटीका क्यान्सर रोगी बढ्दै गएका छन् । आज परेको विश्व नाक, कान, घाँटी क्यान्सर विरुद्धको दिवसका अवसरमा अस्पतालले दिएको जानकारी अनुसार पाँच वर्ष अघिसम्म वार्षिक ३ सय जना बिरामीहरू अस्पतालमा उपचारका लागि आउने गरेका थिए । तर, यो संख्या बढ्दो क्रममा छ । सन् २०१५ मा क्यान्सरका नौ हजार ७१८ बिरामी मध्ये एक हजार ४९४ नाक, कान घाँटीका रहेका थिए । यसैगरी सन् २०१६ मा १० हजार ७१५ क्यान्सरका बिरामीमध्ये एक हजार ५४१ र सन् २०१७ मा १० हजार ८२९ मध्ये एक हजार ५५९ नाक, कान घाँटीको क्यान्सरका बिरामी अस्पताल भर्ना भएका थिए । सन् २०१८ को तथ्यांक संकलन जारी रहेको चिकित्सकहरु बताएका छन् । झण्डै ७० प्रतिशत नाक, कान, घाँटीको क्यान्सर भएका बिरामीहरू तेस्रो र चौथो स्टेजमा अस्पताल पुग्ने गरेका छन् । नेपालमा करिब १ लाख मानिसमा नाक, कान, घाँटीको क्यान्सर लागेको अनुमानित तथ्यांक छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका