गुल्मीमा हेर्दाहेर्दै पहिरोले बगायो ३ घर, बनायो बिचल्ली हेर्नुहोस भिडियो | Samacharpati        
Home | About Us | Contact | Unicode |

गुल्मीमा हेर्दाहेर्दै पहिरोले बगायो ३ घर, बनायो बिचल्ली हेर्नुहोस भिडियो

गुल्मी, १० साउन  । गत मंगलवार राति अविरल वर्षासँगै आएको पहिरोमा परी सत्यवति गाउँपालिका वडानम्बर ३ र ४ को लिम्घा र ठूलो लुम्पेकमा डेढ वर्षीय बालक सञ्जु बिकसहित तारा बिक, माया बिक, बबी बिक, निर्मला बिक, पम्फा बिक, अञ्जली बिक, हिमान्सु बिक, छली बिक, सिवानी बिक, तिलकुमारी तरामु, दर्शन तरामु र दुर्गाबहादुर सिंजालीको मृत्यु भएको थियो ।

पहिरोमा घाइते भएका ठूलो लुम्पेकका करिष्मा र धनी त्ररामुलाई भने दुई दिनपछि हेलिकोप्टरमार्फत उपचारको लागि काठमाडाैं लगिएको छ । घाइते २ जनाको टाउकोमा चोट भएकाले थप उपचारको लागि काठमाडौं पठाउनु परेको उपचारमा खटिएकी डाक्टर शिला ढकालले जानकारी दिइन् ।

उनीहरुको काठमाडौंको त्रिबि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताएका छन् । मृतका परिवारलाई तत्कालको लागि कि्रयाखर्चका लागि गाउँपालिकाले १०/१९ हजार रकम उपलब्ध गराएको छ । थप राहतको लागि केन्द्र सरकार र प्रदेश सरकारसँग समन्वय गरिरहेको प्रमुख जिज्ला अधिकारी पौडेलले बताएका छन् । पहिरो प्रभावित क्षेत्रमा सडक अबरुद्ध भएपछि हेलिकोप्टरमार्फत २० क्वीन्टल चामल, दुई क्वीन्टल दाल र एक क्वीन्टल चिउरा ठूलो लुम्पेकमा पुर्‍याइएको छ ।

पहिरोले ठूलो मानवीय क्षति भएकोले दुई स्थानका करिव ६ सय घरपरिवार सुरक्षित स्थानमा सारिएको छ । पहिरो प्रभावित क्षेत्रमा ३ सय पशु चौपायाँ मरेको अनुमान गरिएको छ । बिस्थापित परिवारको नामावली संकलन सुरु गरिदैंछ । हेर्नुहोस् भिडियो

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित