गुल्मीमा पहिरोले पुर्यो घर, लियो ६ जना को ज्यान – Samacharpati Samacharpati गुल्मीमा पहिरोले पुर्यो घर, लियो ६ जना को ज्यान – Samacharpati
Samacharpati
मङ्लबार, चैत्र ३१, २०७७

हालको खबर

  • होमपेज
  • गुल्मीमा पहिरोले पुर्यो घर, लियो ६ जना को ज्यान

गुल्मीमा पहिरोले पुर्यो घर, लियो ६ जना को ज्यान

गुल्मीमा पहिरोले पुर्यो  घर, लियो ६ जना को ज्यान

गुल्मी, ७ साउन । गुल्मीमा पहिरोमा घर पुरिँदा ६ जनाको मृत्यु भएको छ । भने करिब ६ वेपत्ता भएका छन् । जिल्लाको सत्यावती गाउँपालिका वडा नम्बर ३ र सोही गाउँपालिकाको वडा नम्बर ४ मा पहिरोका कारण घर पुरिँदा दुबै ठाँउमा गरेर करिब आधा दर्जन मानिस वेपत्ता भएका हुन् । करिब आधा दर्जन वेपत्ता रहेका छन् । उद्दारका लागि जिल्ला सदरमुकाम तम्घासबाट प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनु भएको छ ।

पहिरोमा परेर मृत्यु हुनेमा ठूलो लुम्पेगकी ३२ वर्षिय तिलकुमार त्रामु, उनको नौ वर्षका छोरा दर्शन त्रामु रहनु भएको ट सोही गाउँपालिकाका वडा नम्बर चार लिंघाका ६५ वर्षिया छल्ली विक, २८ वर्षिया पम्फा विकको पनि पहिरोले पुरेर मृत्यु भएको बताइएको छ । मृत्यु भएको बाँकी दुई जनाको सनाखत हुन बाँकी रहेको छ । सदरमुकामबाट ठूलो लुम्पेक ३५ किमी र लिंघामा २० किमी पर रहेको छ । गुल्मीमा बेलुकीदेखि निरन्तर रुपमा पानी परिरहेको छ ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका