घान्द्रुकमा २० बर्ष अगाडी हत्या गरि फरार रहेका गुरुङ कास्कीबाट पक्राउ | Samacharpati        
Home | About Us | Contact | Unicode |

घान्द्रुकमा २० बर्ष अगाडी हत्या गरि फरार रहेका गुरुङ कास्कीबाट पक्राउ

पोखरा, ७ साउन । मिति २०५६ माघ ४ गते साझँ  १८:३० बजेको समयमा साबिक जिल्ला कास्की घान्द्रुक गा.बि.स. वडा नं.७ (हाल अन्नपूर्ण गा.पा. ११ ) बस्ने बर्ष ३१ को मन प्रसाद गुरुङलाई धारिलो हतियार प्रहार गरी सख्त घाईते बनाई फरार रहेका  सोही स्थान बस्ने तत्काल बर्ष ३६ का कुमार गुरुङ लाई प्रहरीले पक्राउ गरेको छ ।

घाईते  रहेको मन प्रसाद गुरुङको भोलिपल्ट मिति २०५६ माघ ५ गते बिहान १०:०० बजेको समयमा सोही चोटका कारण मृत्यु भएको थियो ।  घटनामा संलग्न कुमार गुरुङ घटना लगत्तै फरार  रहेका थिए  म्याग्दी जिल्लाको बिभिन्न स्थानमा लुकिछिपी बसेका थिए ।
करीव २ बर्ष पछि  कुमार गुरुङ भारत तर्फ गएका थिए  ।  भारत गएका कुमार गुरुङ करीव १४ बर्ष भारत बसी बुबाको मृत्यु पश्चात घर फर्केका थिए।

घर फर्केका गुरुङलाई कास्की जिल्ला कै बिभिन्न स्थानमा लुकिछिपी  बस्दै आइरहेको   अवस्थामा मिति २०७६/०४/०५ गते निजकै घर ठेगानाबाट पक्राउ गरिएको थियो । गुरुङ र मृतकको बिचमा २०५६ माघ ४ गते साझँ  ६:३० बजेको समयमा हङकङ आई.डी को बिषयमा बादबिवाद भएको र सो बिवादले झगडाको रुप लिई कुमार गुरुङले मन प्रसाद गुरुङलाई धारिलो हतियार प्रहार गर्दा शख्त घाईते भएका मन प्रसादको मृत्यु भएको कुरा प्रहरीले जानकारी गराएको छ । सो सम्बन्धमा निजलाई यस कार्यालयको हिरासतमा राखी थप अनुसन्धान कार्य अगाडी बढाइएको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित