यार्सा टिप्न जादा १२ वर्षका बालकको हिउँमा चिप्लेर मृत्यु | Samacharpati        
Home | About Us | Contact | Unicode |

यार्सा टिप्न जादा १२ वर्षका बालकको हिउँमा चिप्लेर मृत्यु

दार्चुला, २४ जेठ  । दार्चुलामा यार्सा टिप्न गएका १२ वर्षका बालकको हिउँमा चिप्लेर मृत्यु भएको छ । जिल्लाको व्याँस गाउँपालिका २ दुम्लिङ गोठानका अनिष विष्टको यार्सा टिप्न गएका बेला हिउँमा चिप्लेर मृत्यु भएको स्थानीय नरेन्द्र बुढोथोकीले बताएका छन् ।

व्याँसको दुधिवन क्षेत्रमा यार्सा टिप्न गएका बालकको पाटनबाट फर्किने क्रममा हुमदुम्ती भन्ने ठाउँमा हिउँमा चिप्लिएर ५ सय मिटर तल खस्दा घटनास्थलमै मृत्यु भएको हो । अनुगमन तथा सुरक्षामा खटिएको सुरक्षाकर्मीहरुको टोलीले बालकको शव घरसम्म पुर्‍याइदिएको छ ।

यार्सा पाटनमा १६ वर्षमुनिका बालबालिकाहरुलाई जान नदिने भन्ने व्यवस्था यार्सागुम्बा व्यवस्थापन निर्देशिका २०७३ मा स्पष्ट उल्लेख छ । तर दार्चुलाका जिल्लाका यार्सा पाटनहरुमा दुधे बालकदेखि १६ वर्षमुनिका सयौं बालबालिका यार्सा पाटनमा गएका छन् । यार्सा पाटनमा अनुमति पत्र लिएकाहरुमध्ये २० जनालाई १० लाखका दरले दुर्घटना बीमा उपलब्ध गराउने अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ । तर विष्टलाई बीमा सुविधा उपलब्ध गराउने वा नगराउने अन्योल छ ।

source:onlinekhabar

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित