मुग्लिन नौबिसे सडकखण्ड कुरिनटारमा पहिरो जाँदा सयौं सवारी अलपत्र, सडक अवरुद्ध – Samacharpati
Home | About Us | Contact | Unicode |Topics |

मुग्लिन नौबिसे सडकखण्ड कुरिनटारमा पहिरो जाँदा सयौं सवारी अलपत्र, सडक अवरुद्ध

पोखरा, २४ जेठ । पहिरो गएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।   धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित मौवाखोला कुरिनटार नजिक पहिरो जाँदा सडक अवरुद्ध भएको हो। सडक अबरुद्ध भएपछि सयौ गाडी रोकिएका छन् ।अहिले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। स्काभेटरको प्रयोग गरि पहिरो पन्छाउने काम भइरहेकोले अबको केहि समयमा खुल्ने प्रहरीले जनाएको छ।

पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडकखण्डमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको छ । चितवन र धादिङको सिमानामा पर्ने मौवाखोलामा पहिरो खसेको हो ।  जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बिहान ३ः३० बजे पहिरो खसेको थियो । बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । सडक अबरुद्ध भएपछि सयौँ सवारीसाधन जाममा रोकिएका छन् ।(रासस)

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित