व्यावसायीको सुरक्षामा प्रहरीको ध्यान – Samacharpati Samacharpati व्यावसायीको सुरक्षामा प्रहरीको ध्यान – Samacharpati
Samacharpati
मङ्लबार, चैत्र ३१, २०७७

हालको खबर

  • होमपेज
  • व्यावसायीको सुरक्षामा प्रहरीको ध्यान

व्यावसायीको सुरक्षामा प्रहरीको ध्यान

व्यावसायीको सुरक्षामा प्रहरीको ध्यान

पोखरा, २४ जेठ । पोखरा चेम्बर अफ कमर्स कास्कीले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक दानबहादुर कार्कीको सम्मानमा स्वागत कार्यक्रम गरेको छ । कार्यक्रममा प्रहरी उपरिक्षक कार्कीले उद्योगी व्यावशायीलाई शान्ति सुरक्षाको प्रत्याभुती दिलाउने बताए । उने व्यवसायीक वातावरण सिर्जना गर्नको लागि चेम्बर अफ कमर्ससंग सहकार्य गर्ने धारणा राखे । व्यावसायीहरुमा ठगी, चेक नसाटिने र चन्दाको आतंक बढेको संकेत गर्दै उनले चन्दा आतंकलाई रोक्न प्रहरी कडाईका साथ प्रस्तुत हुने बताएथिए ।

पोखरा चेम्बर अफ कमर्स पोखराका अध्यक्ष किशान सुनारले निजी क्षेत्रको सही प्रतिनिधित्व गर्दै उद्योगी र व्यवसायीहरुको भावना र चाहना अनुसार काम गर्ने बताए । उनले नेपालको आर्थिक, औद्योगिक तथा वाणिज्य क्षेत्रको विकासको सलागि सरकारलाई व्यवहारिक सुझाव दिएको जानकारी दिए । सवल नभएसम्म देशको आर्थिक समृद्धि हुन नसक्ने धारणा राखेका थिए ।

कार्यक्रममा चेम्बर अफ कमर्स कास्कीका वस्तुगत तर्फका उपाध्यक्ष यमनाथ पौडेलले उद्योगपति तथा व्यापारीको हकहितको संरक्षण गर्दै मुलुकको आर्थिक विकासमा लाग्न पर्ने बताए । कार्यक्रममा निर्माण व्यवसायी, जुत्ता व्यवसायी यातायात व्यवसायी, फेन्सी तथा रेडिमेट व्यवसायी लगायतका वस्तुगत संघका प्रतिनिधिहरुले नेपाल प्रहरी समक्ष समस्या राखेका थिए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका