जोडिनुहोस
  • होमपेज
  • शान्तिदर्शन टोल पोखरा ९ को अध्यक्षमा उत्तम जोशी

समाचार

शान्तिदर्शन टोल पोखरा ९ को अध्यक्षमा उत्तम जोशी

पोखरा महानगरपालिका वडा नं. ९ मा रहेको शान्तिदर्शन टोलविकास संस्थाको सातौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट उत्तम जोशीको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति सर्वसम्मते निर्वाचिन भएका छन् । समितिको उपाध्यक्षमा दिलमाया गुरुङ, सचिवमा यमकुमार थापामगर, कोषाध्यक्षमा रामकुमार श्रेष्ठ, सहसचिवमा लक्ष्मण गुरुङ र सदस्यहरुमा नानुमाया सुवेदी, रजनी जलारी, पद्मा शेरचन, दिर्घबहादुर जिसी, धनकुमारी क्षेत्री, जमुना अधिकारी पौडेल, पुस्कर न्यौपाने र गोमा प्रधान सर्वसम्मत निर्वाचित भएका छन् । संस्थाको पहिलो बैठकले प्रा.डा. दिलबहादुर क्षेत्री, संस्थापक अध्यक्ष शंकर गुरुङ, प्रा.डा. ज्ञानबहादुर कार्की, केशवराज भण्डारी, इश्वरीप्रसाद सुवेदी, मिनबहादुर गुरुङ, पुर्णबहादुर राना, अर्जुन पौडेल, कालीप्रसाद मैनाली, यमलाल पोख्रेल, राजेन्द्र भण्डारी, निर्मलराज रेग्मी, बाबुराम श्रेष्ठ, यमबहादुर गुरुङलाई सल्लाहकारमा चयन गरेको सचिव यमकुमार थापाले वताए । कार्यक्रममा पोखरा ९ का वडा अध्यक्ष रामराज लामिछाने, नेकपाका वडा नं. ९ का अध्यक्ष बमबहादुर कार्की, आदर्श समाज दैनिकका प्रधान सम्पादक कृष्णप्रसाद वास्तोला, सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष सोमनाथ वास्तोला, वालमैत्री स्थानिय शासन वडा समन्वय समिति वडा नं. ९ का कार्य समिति सदस्य भावना श्रेष्ठ, शान्तिवन वाटिका टोल विकास संस्थाका अध्यक्ष वलराम पहारी, शान्तिघाट आमा समुहकी अध्यक्ष लक्ष्मी पहारी, शान्तिदर्शन वाल क्लबका अध्यक्ष प्रजिना खनाल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

संस्थाको विकासमा प्रत्यक्ष अप्रत्यक्ष योगदान पु¥याउने शान्तिदर्शन महिला समुह, तिर्थराज सुवेदी, यमलाल पोख्रेल र यमकुमार थापामगर एवम् जेष्ठ नागरिकहरु नरबहादुर गुरुङ, लक्ष्मीशोमा गुरुङ, खुमानन्द रेग्मी, रगबहादुर गुरुङ, नन्द गुरुङ, विष्णुबहादुर गुरुङ, सुर्यकुमारी गुरुङ, बुद्धिबहादुर जलारी, सोमी पोख्रेल, नारायणदत्त सुवेदी, सन्तुमाया जिसी, जुमप्रसाद गुरुङ, धनबहादुर गुरुङ, सीता नेपाली, कागती खड्का, चन्द्री परियारलाई सम्मान गरिएको थियो । निर्वाचन समितिका संयोजक प्रा.डा. दिलबहादुर क्षेत्री, सदस्यहरु शंकर गुरुङ र प्रा.डा. ज्ञानबहादुर कार्कीले कार्यसमितिको निर्वाचन गराउनु भएको थियो । त्यसैगरी २०७४ र २०७५ सालमा एसईई उत्तिर्ण विद्यार्थीहरु सारा गुरुङ, सुसन श्रेष्ठ, अन्जना शर्मा पौडेल, प्रिया श्रेष्ठ, निस्मा थापा, चुम्मन ढुंगाना, नेरिका थापा, रोशन श्रेष्ठ, प्रजिना खनाल, गिता पोख्रेल, अबिन गुरुङ, अर्चना थापा, सौगात केसी, प्रेजिना गुरुङ, अमन श्रेष्ठ, प्रकृति गुरुङ, भविसरा थापा, आशा गोयल र गीता तुलाचनलाई सम्मान पत्रद्धारा सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष उत्तम जोशीको अध्यक्षतामा भएको कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष रामबहादुर वयलकोटीले, वार्षिक प्रतिवेदन प्रस्तुत एवम् कार्यक्रम संचालन यमकुमार थापामगरले र स्वागत टिकाकुमारी पोख्रेलले गर्नुभएको थियो ।

धेरै टिप्पणी गरिएका