जोडिनुहोस
  • होमपेज
  • ३७ औं वीपी स्मृतिमा वृक्षरोपण

समाचार

३७ औं वीपी स्मृतिमा वृक्षरोपण

३७ औ वीपी स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस कास्कीले आइतवार वृक्षरोपण गरेको छ । त्यस अवसरमा पोखरा–११ काँहुमा विभिन्न प्रजातिका ३७ वटा बिरुवा रोपिएको कास्की काँग्रेसका सदस्य नवीन सिग्देलले जानकारी दिए । काँग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालाले वृक्षरोपण गरी कार्यक्रम उद्घाटन गरेका थिए । उनले पार्टीभित्र सत्तालाई मात्र केन्द्रीत गर्दै प्रतिस्पर्धा भैरहेको भन्दै चिन्ता व्यक्त गरे । पार्टीभित्र सहमति, सहकार्य र एकता कायम गरी मुलुक र जनताप्रति जिम्मेबार बन्नु पर्नेमा उनले जोड दिए । अर्का केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले पूरानै सोच र पूरानै नेतृत्वबाट पार्टी सुध्रन नसक्ने बताए । काँग्रेस नेता शुक्रराज शर्माले आफ्नै कारण कम्युनिष्ट सकिने भन्दै काँग्रेस सुध्रेर सवै जनताको भविष्य सुनिश्चित गर्नुपर्नेमा जोड दिए । त्यस अवसरमा काँग्रेस नेता तारानाथ रानाभाट, पूर्वमन्त्री यज्ञबहादुर थापा, नेताहरु खेमराज पौडेल, सोभियतबहादुर अधिकारी, देवराज चालिसे, गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापा, प्रजातन्त्र सेनानी हिरामणि सुबेदी, महिला नेतृ शारदा पौडेल, नेपाल शिक्षक संघका पूर्व अध्यक्ष मोहन ज्ञवाली, अन्नपूर्ण गाउँपालिका प्रमुख युवराज कुँवर, नेपाली काँग्रेस क्षेत्र नं २ का सभापतिद्वय माधव वास्तोला मधु, विजयराज आचार्य, नेपाल महिला संघ कास्कीका सभापति कोपिला रानाभाट, नेपाली काँग्रेस पोखरा–११ का सभापति मोहन बास्तोला र बोधराज घिमिरेले बोलेका थिए । नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति आइबहादुर गुरुङले स्वागत र सचिव सुदीपमोहन भट्टराइले संचालन गरेका थिए ।

४१ औ पुष्पलाल स्मृती दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आयोजना तथा नेपाल राष्ट्रिय वाणिज्य संघ, कास्कीको सहयोगमा साउन ७ देखि पोखरामा पुष्पलाल स्मृती प्रथम राष्ट्रिय, दोश्रो गण्डकी प्रदेश तथा चौंथो कास्की जिल्ला स्तरिय ब्याडमिण्टन प्रतियोगिता–२०७६ हुने भएको छ । गण्डकी प्रदेश सरकारले मनाइरहेको आन्तरिक पर्यटन वर्षलाई समेत टेवा पुग्ने गरि बगालेटोलस्थित सोंपाल समाजमा त्रि–दिवसिय ब्याडमिण्टन प्रतियोगिता सञ्चालन हुन लागेको हो । गत वर्ष सम्म खुल्ला र भेट्रान्सतर्फ गरि चार इभेण्टमा मात्रै प्रतिस्पर्धा गराइदै आएको प्रतियोगितामा यस वर्षदेखि मेन्स डबल्स राष्ट्रिय इभेण्ट पनि थपिएको छ । नेपालको वरियतामा १६ भित्र परेका खेलाडीहरुले मेन्स डबल्स राष्ट्रियमा भाग लिन पाउने छैनन् । राष्ट्रियतर्फनै ४५ प्लस भेट्रान्स खुल्ला, ५५ प्लस खुल्ला तथा गण्डकी प्रदेश स्तरिय मेन्स डबल्स खुल्ला प्रतिस्पर्धा हुने छ । गण्डकी प्रदेश स्तरियमा प्रदेशका शिर्ष पाँच वरियताका खेलाडीलाई समावेश गराइने छैन । त्यस्तै, मेन्स डबल्स खुल्ला कास्की जिल्ला स्तरिय गरि पाँच इभेण्टमा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ । राष्ट्रिय डबल्समा प्रथम, द्वितिय र तृतीय हुने समुहले क्रमश ः नगद ५० हजार, ३० हजार, १० हजार सहित शिल्ड, मेडल, प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । खुल्ला गण्डकी स्तरिय तथा ४५ प्लसमाथि प्रथम, द्वितिय र तृतीय हुने समुहले क्रमश ः नगद ३० हजार, २० हजार, १० हजार सहित शिल्ड, मेडल, प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, ५५ प्लस भेट्रान्स खुल्लातर्फ प्रथम, द्वितिय र तृतीय हुने समुहले क्रमस ः नगद २० हजार, १५ हजार, १० हजार सहित शिल्ड, मेडल, प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता सपन्न गर्न झण्डै २४ लाख ३० हजार खर्च लाग्ने प्रतियोगिता प्रचार प्रसार समितिका संयोजक लक्ष्मण न्यौपानेले जानकारी दिए । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । प्रतियोगितामा झण्डै २ सय ६० खेलाडीहरुले भाग लिने नेपाल राष्ट्रिय बाणिज्य संघका अध्यक्ष सञ्जिबहादुर कोइरालाले जनाए । यस्ता प्रतियोगिताहरु खेलकुदका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न सिद्ध हुने कार्यक्रम संयोजक चेतन कार्कीले औल्याए । उनले प्रतियोगितालाई निरन्तरता न सकिए नेपाल सरकारले मनाउन लागेको नेपाल भ्रमण वर्ष–२०२०, प्रदेश सरकारले मनाउन लागेको आन्तरिक पर्यटन वर्ष लगायतका कार्यक्रम सफल पार्न टेवा पुग्ने विश्वास व्यक्त गरे ।

धेरै टिप्पणी गरिएका