जोडिनुहोस
  • होमपेज
  • सामाजिक सुरक्षा योजना र आर्थिक ऐनले गरेको व्यवस्थाको विरोध

समाचार

सामाजिक सुरक्षा योजना र आर्थिक ऐनले गरेको व्यवस्थाको विरोध

आर्थिक बर्ष २०७६/७७ देखी लागु हुने उद्योग , व्यवपार तथा व्यवसाय क्षेत्र संग सम्बन्धित सामाजिक सुरक्षा योजना र आर्थिक ऐनले गरेको व्यवस्थाका प्रावधानका विरुद्ध उद्योग वाणिज्य संघ–चितवनले वृहत विरोध ¥याली निकालेको छ । आइतबार उद्योग वाणिज्य संघ–चितवनको प्रांगणबाट विरोध व्यानर, बिभिन्न माग सहितका प्लेकार्ड सहित शूरु भएको ¥याली भरतपुरको केन्द्रविन्दु मानिने चौवीस कोठीमा एक विरोध सभाको आयोजना गरि सम्पन्न भएको हो । विरोध सधालाई सम्बोधन गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सहनलाल प्रधानले सरकारले कर नीति तथा र्आार्थक विधेयक मार्फत ल्याएका कतिपय प्राबधानहरु देशको भौगोलिक अवस्था,कर शिक्षाको अभाव, प्राबिधिक ज्ञानको कमि, खुला सिमाना र छोटो समयावधिका कारण कार्यान्वयनमा ल्याउन कठिन हुने बताउनुभयो । उहांले स्थायी लेखा नम्बरको प्राबधान, ढुवानीको मूल्यमा भएको अभिबृद्धी कर , विद्युतिय विलिङ, आधारभुत खाद्य वस्तुमा लगाईएको मुल्य अभिबृद्धी करका प्राबधानहरु तत्काल कार्यान्वयन नगर्न माग गर्नुभयो । उद्योग वाणिज्य संघ– चितवनको आयोजनामा भएको उक्त विरोध ¥यालीमा उद्योग वाणिज्य संघ चितवनका सदस्य, वस्तुगत त संघ, कर्पोरेट सदस्य, सञ्चार उद्यमी लगायत करिव २ हजार उद्यमी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका