जोडिनुहोस
  • होमपेज
  • ज्योति मगर र रुद्रसेन बिश्वर्कमाको मैथिली गित ”कानोमे आँहाके झुम्का” सार्बजनिक (भिडियो सहित)

भिडियो

ज्योति मगर र रुद्रसेन बिश्वर्कमाको मैथिली गित ”कानोमे आँहाके झुम्का” सार्बजनिक (भिडियो सहित)

काठमाडौँ, ५ साउन । चर्चित गायक रुद्रसेन बिश्वकर्मा र चर्चित गायिका ज्योति मगरको सुमधुर आवाजमा रहेको मैथिली गित ”कानोमे आँहाके झुम्का” सार्बजनिक भएको छ । दर्जनौ चर्चित नेपाली, भोजपुरी तथा मैथिली गीतहरुमा स्वर दिईसकेका भर्सटायल गायक रुद्रसेन बिस्वकर्मा र नेपाली सांगीतिक क्षेत्रकि चर्चित गायिका ज्योति मगरको स्वरमा रहेको दिवानी एल्बम बाट मैथिली गित ”कानोमे आँहाके झुम्का”भर्खरै मात्र आरजे म्युजिक प्रोडक्सन य़ुट्युब च्यानल मार्फत नेपाली सांगीतिक बजारमा आएको छ ।

शब्द तथा संगीत गायक रुद्रसेन बिश्वकर्माको नै रहेको यस गीतलाई बिशाल निरौलाले एरेन्ज गरेका छन् । छायाँकार दिपक गिरीले छायांकन गरेको भिडियोलाई प्रदिप कुमार रसाइलीले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा गायक तथा मोडल रुद्रसेन बिश्वकर्मा र रिचा थापालाइ फिचर्ड गरिएको छ । सार्बजनिक भिडियोलाई निर कुमारी बिश्वकर्माले निर्माण गरेकी हुन् । भिडियो हेर्नुहोस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका