जोडिनुहोस
  • होमपेज
  • अनिता पन्त र कविता क्षेत्री को तीज गीत ‘सारी’ मा सन्तोष र पूर्णिमाको ठुम्का

कास्की

अनिता पन्त र कविता क्षेत्री को तीज गीत ‘सारी’ मा सन्तोष र पूर्णिमाको ठुम्का

पोखरा, ५ साउन । हरितालिका तीज आउन एक महिना बाँकी छ । तीजको लागि भनेर धेरै गायक गायिकाहरुले गीत निकाल्ने गर्छन् । तीजलाई लक्षित गर्दै गायिका अनिता पन्त र कविता क्षेत्रीले पनि नयाँ तीज गीत ‘सारी’ बजारमा ल्याएका छन् । गीतमा आफ्नो मनपर्ने मान्छेलाई उपहार स्वरुप ‘सारी’ ल्याइदिएको कुरालाई विषयबस्तु बनाइ तयार पारिएको छ । उक्त गीतमा विकास नेपाली र अनिता पन्तको आवाज रहेको छ ।

गीतको शब्द दिपक अधिकारीले लेखेका हुन भने सन्तोष सुवेदीले लय सिर्जना गरेका छन् । मौसम हिमालीको निर्देशन रहेको गीतमा सन्तोष सुवेदी र पूर्णिमा श्रेष्ठको अभिनय रहेको छ । करन चैसिरले खिचेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन् । गीतलाई पोखरा मिडियाको अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका