जोडिनुहोस
  • होमपेज
  • पूर्वी भारतको ट्रेड समिटमा चेम्बरको सहभागिता

कास्की

पूर्वी भारतको ट्रेड समिटमा चेम्बरको सहभागिता

पोखरा, ५ साउन ।  औद्योगिक एवं व्यापारीक प्रतिनिधीमण्डल कन्फेडेरेशन अफ वेष्ट बंगाल ट्रेड एशोसिएसन(सीडब्लुबीटीए)ले आयोजना गरेको पूर्वी भारतको ट्रेड समिट २०१९मा नेपालको चेम्बर अफ कमर्सको प्रतिनिधि मण्डलले सहभागिता जनाएको छ ।
जुलाई १५ र १६ तारिखमा भएको समिटमा नेपालको निजी क्षेत्रको तर्फबाट गण्डकी प्रदेश चेम्बर अफ कमर्सका कार्यवाहाक अध्यक्ष तथा पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारको नेतृत्वमा ३८ सदस्यीय टोली कोलकोत्ता गएको थियो ।प्रतिनिधिमण्डलमा नगर, जिल्ला चेम्बर अफ कमर्सका पदाधिकारीहरु, कृषि, बैंक तथा वित्तिय संस्था, तयारी पोशाक, मिनरल वाटरसंग सम्बन्धित उद्यमी व्यवशायीहरुको सहभागिता रहेको थियो ।

नेपालको चेम्बर अफ कमर्सले आयोजक संस्थासँग समझदारीपत्रमा हस्ताक्षर गरेपछिऔद्योगिक तथा व्यापारीक प्रतिनिधिमण्डले नियमित रुपमा शिखर सम्मेलन, मेला÷प्रर्दशनीमा सहभागिता जनाउँदै आएको अध्यक्ष सुनारले जानकारी दिए ।समिटमा चेम्बर अफ कमर्स सह आयोजकको रुपमा सहभागी भएको हो ।

भारतका व्यापारिक प्रतिनिधि मण्डलले समेत नेपालमा भएका मेला तथा प्रदर्शनीमा सहभागी हुदै आएका छन् ।अध्यक्ष सुनारले उद्यमी÷व्यवसायीबीच आपसी सम्बन्ध वृद्धि, ज्ञानको अभिवृद्धि र वास्तविक रुपमा व्यवसाय गर्न सम्झौता गर्ने समिटको प्रमुख उद्देश्य रहेका बताए । समिटिमा नेपालको चेम्बर अफ कमर्सको सहभागिताले नेपाल र भारतबीचको व्यापार सहजीकरण, दुई पक्षीय व्यापारिक र आर्थिक क्षेत्रमा अझ सुदृढीकरण गर्नका लागि उपायहरू पहिल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । समिटमा भारत, भुटान, वंगलादेश, थाइलाण्ड लगायत विभिन्न देशका उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?