जोडिनुहोस
  • होमपेज
  • लायन्स क्लब अफ हेमजाको बृक्षारोपण

कास्की

लायन्स क्लब अफ हेमजाको बृक्षारोपण

हेमवा, ५ साउन । लायन्स क्लब अफ हेमजाको बार्षिक कार्यओजना अनुसार हेमजामा बृक्षारोपण कार्यक्रम शनिबार सम्पन्न गरेको छ । कार्यक्रम स्थानिय लामाचौतारा देखि खुट्टेगौडासम्म (करिब ३०० मिटर) को बाटोको दुबै साइडमा बृक्षारोपण गरिको क्लबका अध्यक्ष हरिसचन्द्र पौडेलले हामीलाई जानकारी दिएका थिए ।

सस्थापक अध्यक्ष तिर्थ बहादुर थापाले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा जोन चियर पर्सन रमेश बन्जरा र रिजन चियर पर्सन भोजराज काफलेले अहिले बिश्वमा भएको वातावरणिय असन्तुलनलाई सुधारन यस्ता कार्यक्रमले सहयोग गर्ने धारणा राखेका थिए । उक्त अबसरमा कल्की, कपुर, त्यजपत्ता, पारिजात, निम आदि बिरुवा रोपिएको थियो । क्लबका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वगत प्रथम उपाध्यक्ष शिब पौडेलले र सञ्चालन सचिब दोलराज श्रेष्ठले गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका