शिक्षामा मौलाईरहेको मनपरि माफिया तन्त्र सामाप्त गर्नुपर्छ (भिडियो सहित) – Samacharpati Samacharpati शिक्षामा मौलाईरहेको मनपरि माफिया तन्त्र सामाप्त गर्नुपर्छ (भिडियो सहित) – Samacharpati
Samacharpati
मङ्लबार, चैत्र ३१, २०७७

हालको खबर

  • होमपेज
  • शिक्षामा मौलाईरहेको मनपरि माफिया तन्त्र सामाप्त गर्नुपर्छ (भिडियो सहित)

शिक्षामा मौलाईरहेको मनपरि माफिया तन्त्र सामाप्त गर्नुपर्छ (भिडियो सहित)

शिक्षामा मौलाईरहेको मनपरि माफिया तन्त्र सामाप्त गर्नुपर्छ (भिडियो सहित)

पोखरा महानगरपालिका वडा नं.१२ का यमनाथ सापकोटाको नेतृत्वमा रहेको सयुक्त अभिभावक संघर्ष समिति नामक एक स्वतन्त्र समुहले विद्यालयहरुको मनपरिका विरुद्ध आवाज उठाएको छ । उक्त समुहले पछिल्लो समय पोखरा आसपासमा संचालित विभिन्न विद्यालहरुले राज्यको नीति विपरितका गतिविधिहरु गरिरहेको भन्दै त्यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । शनिबार पोखरामा पत्रकार सम्मेलन गरि शिक्षाका क्षेत्रमा भैरहेको ठगी र वेइमानीका विरुद्ध भण्डाफोर गर्ने चेतावनी समेत दिईएको छ । आफुलाई स्वतन्त्र बताएको उक्त समितिका संयोजक सापकोटाले विहानी कक्षा संचालनका नाममा गरिएको ठगी र विद्यार्थीहरुको भविष्य माथीको खेलवाड कुनै हालतमा स्विकार्य नहुने चेतावनी दिए । शिक्षा ऐन २०६४ को नवौ संसोधन २०७४ को हवला दिदै उनले विद्यालय दुई सिफ्टमा संचालन गर्न सकिएपनि पाठ्यभार घट्न नहुनेमा जोड दिए । ऐनमा गरिएको व्यवस्था अनुसार २२० दिन विद्यालय संचालन हुनुपर्नेमा झण्डै तिन महनिाको शुल्क विद्यालय संचालन नगरिकन लिने गरेको उनले आरोप लगाए । यसका साथै साविक उच्च मावि शिक्षा परिषद, पाठ्यक्रम तथा प्रशिक्षण महाशाखा २०६९ ले निर्दिष्ट गरे विपरित विद्यालयहरुले दैनिक १ घण्टा, साप्ताहिक ६ र वार्षीक ५० घण्टा प्रति विषयका दरले ५ विषयको २५० घण्टा कम पढाएर विद्यार्थीहरुमाथी चरम शोषण गरेको उनको आरोप छ । उनका अनुसार ४५ मिनेट कक्षा संचालन गर्नेले ५० पिरियड र ४० मिनेट कक्षा संचालन गर्नेले ७५ पिरियड कम पढाउने वा ठग्ने गरेका छन् ।

यस्तै एकिकृत माध्यमिक शिक्षा नमुना विकास कार्यक्रम कार्यान्वयन निर्देशिका २०६८ को परिच्छेद २.१ मा गरिएको व्यवस्था अनुसार कक्षा ११÷१२ पनि माध्यमिक विद्यालयमा गाभी एकैठाँउमा संचालन गर्नुपर्छ । तर, पोखरामा संचालित विद्यालयहरुले कक्षा ११÷१२ आफुखुसी संचालन गर्ने गरेका छन् । सापकोटाले पोखराको एक स्थानमा स्विकृती लिएका विद्यालयहरु अर्कै स्थानमा समेत संचालन रहेका पाईएको उल्लेख गरेका छन् । पछिल्लो समय विद्यालयहरुले आफ्नै विद्यार्थीहरुलाई समेत अविस्वास गरि भर्नाका नाममा इन्ट्रान्स लगायतका परिक्षामा सामेल गराएर हतोत्साही बनाउने कार्य गरेको सापकोटाले आरोप लगाउनुभयो । विना पुर्वाधार असिमित विद्यार्थीहरु भर्ना गर्ने, अपारदर्शी मनपरि चर्को शुल्क अशुल्ने लगायत ति विद्यालयहरुको नियमित अनगमन नहुदाँ अभिभावकहरु चर्को शोषणमा परेको सापकोटाले बताए । साथै सघंर्ष समितिले विभिन्न ६ बुँदे माम समेत प्रस्तुत गरेको छ । समितिको मागमा कक्षा १ देखी १२ सम्म दिवा कक्षा संचालन गर्नुपर्ने, राज्यको नीति विपरित संचालनमा रहेका विद्यालयहरुलाई तत्काल कार्वाही गर्नुपर्ने, अभिभावकहरुबाट अशुल गरिएको चर्को शुल्क फिर्ता गर्नुपर्ने, सामुदायीक विद्यालयहरुले लिएको शुल्क फिर्ता हुनु पर्ने, विद्यालय अनुगमनको स्थायी संरचना निर्माण नियमित अनुगमन र रिपोर्ट सार्वजनिक गर्नुपर्ने, विना पुर्वाधारका प्रीप्राईमेरी तथा विद्यालयहरुलाई कार्वाही गर्नुपर्ने लगायत रहेका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका